ढाकाको ठाउँमा विन्दाबासिनीले आइतबारै पाएकी थिइन् सांसदको प्रमाणपत्र तर …..

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २५,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै विन्दाबासिनी कसांकारलाई सांसद बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिएको र निर्वाचित भएको जानकारी संघीय संसदलाई समेत दिएको आयोगले जनाएको छ । आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कसांकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्रअनुसार आयोगले निर्णय गरेर प्रमाणपत्र दिएको जानकारी दिए । उनले विन्दाबासिनी कसांकार सांसद हुने निर्णय आयोगले केही वैशाख २१ गते गरेको पनि बताए । यता सर्वोच्च अदालतले ढाकाकुमारले दिएको रिट निवेदनमा सोमबार अल्पकालीन आदेशमार्फत उनको पद तत्काल नजाने भनेको छ । आयोगका अनुसार एउटा पदमा दुई जना सांसद भएपछि सर्वोच्चको अन्तिम फैसला नहुँदासम्म कसांकार निर्वाचित भएको मान्न भने सकिँदैन । ‘संघीय संसदमा उहाँको (कसंकार) को सपथ हुन सक्दैन’, संघीय संसद सचिवालय श्रोतले भन्यो, ‘कसांकारको सपथ अहिले नै हुँदैन ।’

Like