ट्रेड युनियन जिल्ला समितिको अध्यक्षमा कृष्ण केसी निर्वाचित

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, बैशाख २१,

नेपाल टेड युनियन काँग्रेस जिल्ला कार्य समिति तनहुँको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णबहादुर केसीको अध्यक्ष्तामा १७ सदस्यीय जिल्लाकार्य समिति सर्व सहमतरुपमा गठन गरेको हो । ट्रेड युनियन काँग्रेसको जिल्ला उपसभापतिहरुमा क्रमश विश्वनाथ अधिकारी, कमला देवि काफ्ले, प्रमोद सोती, सन्तोष वाग्ले र देवि न्यौपाने पौडेल निर्वाचित भएका हुन्। यसैगरी समितिको जिल्ला सचिवमा पशुपति अर्याल सर्वसहमत निर्बाचित भए ।यसैगरी, समितिको सहसचिव पदमा तिर्थराज परियार र हरिश्चन्द्र कोईराला छनोट भए।समितिकोको प्रदेश अधिवेशन प्रतिनिधिमा शंकरराज नहर्की,अशोक गिरी, दधिराज सिग्देल, मीनबहादुर कार्की बलराम वाग्ले गरि ११ सदस्यीय प्रदेश प्रतिनिधि निर्वाचित भए भने, महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने प्रतिनिधिहरुमा क्रमशः लोकराज सेढाई ,अोजराज बगाले र सुलोचना पण्डित रहेका छन्।कार्यक्रममा नेपाली काँग्रेस ब्यास नगर पुर्व सभापति शान्तिरमण वाग्लेले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

Like