स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाको भित्ते पात्रो विमोचन
रासंसा/ललितपुर, बैशाख १६,
स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाले २०८० सालको भित्ते पात्रो परकाशन गरि आज एक कार्यक्रमकासाथ विमोचन गरेको छ । शाखाका अध्यक्ष उपेश नौवागको सभापतित्वमा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस ललितपुर जिल्ला प्रचार प्रसार प्रमुख कार्यकारी जिल्ला सदस्य, वरिष्ठ युवा उद्योग ब्यवसायी जितेन्द्र महर्जन, विशेष अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष वरिष्ठ समाजसेवी के. बि. सम्राट, अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय कोषाध्यक्ष बद्री बहादुर दुलाल, अतिथि स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ जिल्ला शाखा अध्यक्ष पुष्कर राज पाण्डे, अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्सद त्रय प्रताप राना मगर, प्राध्यापक कृष्ण किसी र राजेश अमात्य,अतिथि स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ जिल्ला सल्लाहकार माता भद्रकाली र भक्तपुर जिल्ला शाखा उपाध्यक्ष रेणु त्वनाबासुको संयुक्तले भित्ते पात्रो विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले ललितपुर जिल्ला शाखाले भित्ते पात्रो प्रकाशन गरेको यो कार्यलाई प्रसंसा तथा नव बर्ष २०८० सालको शुभकामना दिएका थिए ।







