प्रसिद्ध ऐतिहासिक धार्मिक तिर्थ स्थल छाब्दी बाराही मन्दिरमा श्रदालु भक्त जनहरुको भिड

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, बैशाख ४,

तनहुँ जिल्लाको प्रसिद्ध ऐतिहासिक धार्मिक तिर्थ स्थल छाब्दी बाराही मन्दिरमा श्रदालु भक्त जनहरुको भिड लागेको छ।दैनिक ५ हजार देखि ७ हजार सम्म भक्त जनहरुको भिड्लाग्ने गरेको मन्दिर संरक्षण समितिले जनाएको छ। स्वदेशी तथा विदेशी ,अान्तरिक एब्म् बाहिय धार्मिक पर्यटकहरुको उत्साह जनक सहभागीताका कारण स्थानीय स्तरमा उत्पादित बस्तुहरुले बजार पाउने गरेको छ। विशेषगरी लम्जुङ,गोर्खा ,चितवन,कास्की ,मनाङ, काठमाडौं र भारतीय मुलका हिन्दु धर्मावलम्बीले अाफनो मनोकामना पूरा हुने र भए पछि यश मन्दिरमा अाउने गरेका छन्। तनहुँ जिल्ला कै प्रमुख पर्यटकीय तिर्थ स्थल छाब्दी बाराही मन्दिरमा विशेषगरी विधालय उमेर समुहका विधार्थीहरु अाफ्नो पठनपाठनमा सकारात्मक परिवर्तन अाअोस भनेर भाकल तथा दर्शनकालागि अाउछन् भने ,युवायुवतीहरु नेपाली,भारतीय र ब्रिटिससेवामा जागिर खानकालागि पाउने र कोही युवायुवती भने अमेरिका अष्ट्रेलिया ,जापान ,क्यानेडा जस्तो महत्त्वपूर्ण अाय हुने विदेशी मुलुकमा रोजगारी र अध्यानकालागि भाकल गर्न र भाकल पूरा भए पछि जाने गरेका छन्। अझ रोचक प्रशंग त झन विभिन्न राजनैतिक दलका उमेदवारहरु अाफुले चुनाव जित्न सकु भनेर भाकल गर्न आउने गरेको पाहिन्छ।

Like