शाह बंशीय प्रथम राजा कुलमण्डन खाँ
रासंसा/काठमाण्डौ, फाल्गुण १६,
नेपालको इतिसामा कुलमण्डन खाँ शाह बंसका प्रथम राजा थिए । उनलाई कुलमण्डन खाँण पनि भनिन्छ । उनि कास्कीका राजा थिए । उनको जन्म तत्कालीनको हाल गुल्मीको मालिका गाउँपालिकामा भएको थियो । उनले कास्की राज्य हत्याएपछि उनलाई दिल्लीका बादशाहले फारसी उपाधि “शाह” (अर्थ: राजा) दिएका थिए । उक्त उपाधि पश्चात उनलाई कुलमण्डन शाह भनी सम्बोधन गरियो । शाह उपाधि पाउनासाथ उक्त वंशको थर रहन गयो र शाह वंशको स्थापना भयो । लम्जुङ्गका राजा बनाउनलाई लम्जुङ्गका बासिन्दाहरू आएर उनीसँग छोरा मागेका थिए । कालु शाहलाई दिएर पठाउँदा सेखान्त जातिले जंगलमा बाँण हानी हत्या गर्दिए । दोस्रो चोटिमा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहलाई लगेर लम्जुङ्गका राजा बनाए । किम्बदन्ति गोरखा राजवंशावली, गोरखा चम्पु विलास, आदिका अनुसार कुलमण्डन खाँ उदयपुरका राजघरानासँग जोडिन पुग्दछन् । शाहवंशीहरू भट्टारक ऋषिराज राणाजीका वंशज भएको दाबी गर्छन् । विभिन्न प्रमुख इतिहासकारहरू जस्तै डोरबहादुर विष्ट, फ्रान्सिस बुचानन ह्यामिल्टन, आदि उक्त दाबी पूर्णतय असत्य भएको टिप्पणीहरू थुप्रै पुस्तकहरूमा गरेका छन् । फ्रान्सिस बुचानन ह्यामिल्टनका अनुसार कुलमण्डन खाँ मगर रजौटा खाँचा खाँ र मिचा खाँका वंशज हुन् र ठकुरी उपाधि कालान्तरमा जाति बनेको थियो । स्मरण रहोस कि शाह बंसको राज्य क बाट शुरु भएर ज्ञ मा अन्त भएको भान हुन् सक्छ किन की राजा ज्ञानेन्द्र शाह अन्तिमका राजा र प्रथम राजा क बाट शुरु भएका थिए । यसलाई यसरि बुझ्न सक्छौ कि कुल मण्डन खाँ शाह शाह बंशका पहिलो राजा र ज्ञानेद्र शाह शाह बंशका अन्तिम राजा भनेर बुझ्न सकिन्छ ।