रक्तदान कार्यक्रम सम्पन्न
रासंसा/भक्तपुर, माघ २८,
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा मध्यपूर थिमि नगरपालिका,दईपाेखरी स्थित स्वनिग: बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साताैं पटककाे रक्तदान कार्यक्रम आज एक समारोह बीच आयाेजना गरि सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष श्रीकृष्ण श्रेष्ठकाे सभापतित्वमा आयाेजित साे बिशेष रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक रक्तदान गर्नुहुने स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई अध्यक्ष एवं सभापति श्रीकृष्ण श्रेष्ठले सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियो । साथसाथै कार्यक्रमका संयाेजक चन्द्र केशब श्रेष्ठले मायाकाे चिनाे स्वरूप बुध्द भगवानकाे मुकुण्डाे प्रदान गर्नुभएको थियोे । संस्थाका सचिव साेम तामाङ्गले सञ्चालन गर्नुभएको साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४६ जनाले रक्तदान गर्नुभएको थियोे ।