उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने
रासंसा/काठमाण्डौ, माघ २६,
मुलुकमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ। बैठक स्थगित भएपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो। बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्थतालाई देखाउँदै शुक्रबारसम्मका लागि स्थगित गरिएको हो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे संयन्त्रको बैठक बस्ने जानकारी दिए। संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ। सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो।
Like