स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, माघ २१,

सामुदायिक प्रहरी सेवा केन्द्र तनहुँले झापाजिल्लाबाट तनहुँ सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई स्वागत एब्म् सम्मान कार्यक्रम आयोजना गरेको छ। ब्यास-१ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको सभाकक्षमा शुक्रबार आयोजना गरिएको उक्त स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राखि जनतामा सुशासनको अनुभुती दिलाउन आफू र आफ्नो कार्यालय हरदम तयार रहेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विगतमा जस्तै आगामी दिनहरुमा पनि सामुदायिक प्रहरी सेवा केन्द्रले सामाजिक कार्यमा समाजका विभिन्न पक्षसग समन्वय गरि रुपान्तरणकालागि सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताए । यसैगरी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीले सामुदायिक प्रहरी सेवा केन्द्र ले विना बर्दिको प्रहरीको भुमिका खेलेर समाजमा अपराध नियन्त्रण र अपराधीलाई कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे। प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले समाजमा सामुदायिक प्रहरी सेवा केन्द्रको सकारात्मक उदहारणीय र अनुकरणीय कार्यले नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा थप टेवा पुगेको बताए । यसैगरी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक सुरेश तिवारी,अधिवक्ता गोविन्द पन्थ लगाएतले सामुदायिक प्रहरी सेवा केन्द्रबाट समाजले आगामी दिनहरुमा उल्लेखनीय , रचनात्मक र निरन्तर सेवाको अपेक्षा राखिरहेको बताए । कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र तनहुँका अध्यक्ष दुर्गाभक्त अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियोे ।

Like