राउतको राजनीति अझै आशंकाको घेरामा
रासंसा/काठमाण्डौ, मार्ग ११,
मुलुकमा ‘जब जब किसि राज्यमें न्याय अन्धा होता है तो ईश तरहका फैसला आता है ! सभी मधेशियोंको समझना चाहिए स्वराज निर्विकल्प है ! जितनी देर होगा उतना ज्यादा क्षति है ! जय स्वराज’ –मूलधारको राजनीतिमा आउनुअघि सिके राउतले २०७५ फागुन २२ गते आफ्नो फेसबुकमा लेखेको स्टाट्स हो । ओली नेतृत्वको सरकारसँग सम्झौता भएको ११ दिन नपुग्दै उनले ‘जनमत पार्टी’ जन्माएका थिए । स्वतन्त्र मधेसका लागि संघर्ष गरिरहेकोस्वतन्त्र मधेस गठबन्धन यति छिट्टै समाप्त हुन्छ भने कुरा सायद राउतबाहेक अरू कसैलाई थाह थिएन । त्यही भएर सरकारसँग ११ बुँदे सम्झौता गरेपछि थुप्रै नेता तथा कार्यकर्ताले राउतको साथ छाडेका थिए । फागुन २४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा प्रवेश गरे । एकदिनमै सिके राउतमा यतिका परिवर्तन कसरी आयो भन्दै त्यतिबेला निकै चर्चा भएको थियो । चार वर्षपछि सिके राउत सांसद बन्न सफल भएका छन् । सप्तरी–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले हराएर उनी निर्वाचित भएका हुन् । जनमत पार्टीबाट उनी एक्लै प्रतिनिधि सभामा जितेर आएका छन् । मधेस प्रदेश सभामा भने पार्टीबाट ६ जना विजयी भएका छन् । २०७५ माघ २२ गते एक विज्ञप्ति जारी गरी राममोहन यादवलाई राज्यले हत्या गरेको बताउँदै गठबन्धन अन्तर्राष्ट्रिय अदालतमा जाने भनिएको थियो । राममनोहरको परिवारले उनको हत्या भएको पाँच महिनापछि माघ २० गते अस्पतालबाट शव बुझेका थिए । २०७५ फागुनमा उनी जेलमा रहेको बेला आफ्नो फेसबुकमा लेखेका थिए, ‘नेपालको आदालत फिरौत माग्ने आतंकारी बन्दै ।’ २०७५ माघ ५ गते राजविराजमा गठबन्धनले आयोजना गरेको कार्यक्रमबाट समातिएका कार्यकर्ता रिहाका लागि प्रति व्यक्ति ५० हजार धरौटी मागेपछि सिके राउत नेतृत्वको गठबन्धनले त्यसलाई फिरौतीको संज्ञा दिँदै धरौती नबुझाउने बरु जेल जाने भन्दै गठबन्धनका कार्यकर्ताहरू जेल फर्केका थिए । राउतका कार्यकर्ताहरुले २०७५ माघको पहिलो हप्ता राजधानीको गल्लीहरुमा पोस्टर अभियान सञ्चालन गरेका थिए । त्यो पोस्टरमा स्वतन्त्र मधेसको कुरा कही उल्लेख गरिएको थिएनन् । ‘२००७ सालदेखि करायो, लोकतन्त्र कता हरायो ?’ भन्ने पोस्टरमा लेखिएको थियो । ‘काठमाडौं ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेसतिरै लागें । त्यसैपनि काठमाडौं बिरलै बस्न लायक थियो । काठमाडौं कुनै जमानामा मन्दिरहरूको शहर होला तर त्यो केवल वेश्याहरूको शहर बनिसकेको थियो । हुन पनि किन नहोस्, जब नेपाल टूरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने ।’ त्यतिबेला राउतले स्वतन्त्र मधेसका लागि आआफ्ना गतिविधिलाई तीव्र पारेका थिए । दिनदिनै प्रशिक्षण दिनुदेखि लिएर आफ्ना सेना समेत उनले खडा गरेका थिए । यहाँसम्म कि उनले मधेस देश चलाउनका लागि आवश्यक कर्मचारीका लागि विज्ञापन समेत गरिसकेका थिए ।‘कोई दूसरा समाधान मधेस में रहे नेपाली और पहाडी सेना को पूर्ण रूप से हटाकर उसकी जगह मधेसी सेना को नहीं रख सकता, और जब तक मधेस की भूमि पर नेपाली, पहाड़ी सेना रहेगी, मधेशियों की गुलामी का अन्त नहीं हो सकता । नियम, कानून, व्यवस्था, संविधान आदि बनते रहते हैं, उनकी कोई अहमियत नहीं जब तक अपनी सेना न हो । साम्राज्य की सेना लगाकर कभी भी नियम, कानून, संविधान और व्यवस्था को निलम्बन किया जा सकता है । इसलिए जब तक मधेस में मधेसी मातहत की मधेसी सेना नहीं, तब तक नियम, कानून, व्यवस्था, संविधान आदि कुछ भी अपना नहीं ।’ उनले मधेस अलग देश हो भनेर पटक पटक अभ्यास पनि गराएका थिए । मधेस देशका लागि उनले नमूना जनमत संग्रह गराएका थिए । जनमतसंग्रहको नजित पनि सार्वजनिक पनि गरेको थिए । देशको झण्डा, लोगो, राष्ट्रियगान समेत उनले सार्वजनिक गरिसकेका थिए । त्यति मात्र होइन, उनले मधेस अलग देश हो भन्दै त्यसको मान्यता दिनका लागि संयुक्त राष्ट्र संघमा पत्र पनि पठाई सकेका थिए । ‘स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन । र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए, र यस दशकमा पनि पूर्वी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे । र मधेसीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेसलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ । त्यसै गरी केहीले स्वतन्त्र मधेस निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन् । क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका सयभन्दा बढी देशहरूभन्दा ठूलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठूलो । माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ । जनसंख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका करीब एक सय पचास देशहरूभन्दा ठूलो हुनेछन् ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठूलो । सबै दृष्टिले, मधेस विशाल छ, मधेस महान् छ ।’
मधेसमा पृथकतावादी अभियान सुरु गर्न अघि राउत पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर इन्जिनियरिङ क्याम्पसमा काम गर्थे । तर त्यहाँ आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि उनी राजीनामा दिएर जापान हिँडेका थिए । जापान सरकारले दिने गरेको मोनबुसो स्कलरसीपमा उनी अध्ययनका लागि जापान गएका थिए । त्यो ब्रह्मज्ञानबाट पनि केही प्राप्त हुने नदेखेपछि उनी पुनः जपान फर्के । जपानबाट मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधिका लागि उनले आवेदन दिएका थिए । त्यसमा उनी छनौट पनि भएका थिए । जापानबाट फर्केपछि उनी के गर्ने कहाँ जाने उनीसँग कुनै योजना थिएन । अलमलमा परेर उनी बैरागी (जोगी) बनेर हिँड्न थालेका थिए । उनको आत्मकथा अनुसार भगवान् खोज्नका लागि भारतका रामेश्वरम, बेङ्गलोर, कलकत्ता, मद्रास, कन्याकुमारीसम्म पुगेका थिए । त्यही क्रममा उनले ब्रह्मज्ञान प्राप्त गरेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । तर मधेस आन्दोलनबाट केही प्राप्त हुने भन्दै उनले ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ गठन गरेर मधेसमा गतिविधि शुरु गरे । त्यतिबेला उनको मूल नारा थियो, ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेसीको समोचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना’ । २०६४ सालमा नेपाल फर्किदा मधेस आन्दोलन सुरु भइसकेको थियो । र, पहिलो पटक उनले तत्कालीन मधेसी मेर्चाद्वारा टुडिखेलमा आयोजना गरेको जनसभामा आफ्नो मन्तव्य दिएका थिए । त्यो मन्तव्यबाट नै आफ्नो परिचय स्थापित गरेका राउतको मधेसमा क्रेज बढेको थियो । अमेरिकामा गठन गरेको गैरआवासीय मधेसी संघको ब्यानरमा उनले अमेरिकाबाट नेपाल आएर मेची–महाकाली यात्रा चलाएका थिए । उनले सो यात्राको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्– आन्दोलनकै क्रममा उनी २०६५ सालमा अमेरिको इन्टरनेटरआर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न अमेरिका पुगे । उनी त्यहाँ पुगेपनि मधेसको गतिविधि गर्न छाडेनन् । त्यहाँ उनले एउटा संस्था गठन गरेर मधेसको बारेमा त्यहीँबाट अवाज उठाउन थाले । त्यही यात्राको क्रममा उनले नेपालबाट मधेसलाई अलग बनाउनुपर्छ भन्ने सोच बनाए । उनले त्यही यात्राबाट देशलाई बुझेको र मधेसलाई चिनेको बताएका थिए । पहाडी शासकबाट मधेसीमाथि भएको विभेदबारे उनले खोलेर नै बोल्न थाले । उनले ‘नेपालबाट मधेस अलग गरिहालौँ’ जस्तो मन्तव्यहरु दिन थाले । ‘पहाडीहरू मानवताविरुद्धको अपराधमा, रंगभेद र भेदभाव गर्नमा, र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र संगठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरेँ ।’ उनी नेपालमा स्वतन्त्र मधेस गठबन्धनको लागि काम गर्न थालेपछि युरोपियन युनियन तथा अमेरिका फण्डबाट सञ्चालित विभिन्न संघ संस्थाहरुले उनलाई सहयोग गर्न सुरु गरेका थिए । अमेरिकामा बसेका मधेसीहरुले पनि उनको लागि पैसा पठाउन थालेका थिए । नेपालमा सबभन्दा बढी सहयोग एमेनेस्टी इन्टरनेशलले सहयोग गरेको कुरा विभिन्न तथ्यबाट बाहिर आइसकेको छ । एमेनेस्टी इन्टनेशनलले राउतलाई सहयोग गर्न थालेपछि सो संगठनमाआबद्ध कृष्ण पहाडीले राजीनामा दिएका थिए । उनका ती मन्तव्यहरुले गर्दा नै मधेसी युवाहरुको आकर्षण उनी प्रति बढ्दै गयो । अमेरिकामा राम्रो तलबमा काम गरिरहेका राउतलाई एकाएक मधेसलाई स्वतन्त्र गर्नुपर्छ भन्ने ध्यान कसरी आयो भने कुराको आशंका अझै निवारण भएको छैन । सांसद भएपछि पनि यो आशंकाले उनलाई पछ्याइरहेको छ ।