अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २७,

मुलुकमा प्रदीप खड्का र अभिलाषा विष्टले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करणका च्याम्पियन बनेका छन्। नेपालका नम्बर एक खेलाडी प्रदीपले फाइनलमा ऋतिक रानालाई ६-४, ६-४ ले पराजित गर्दै उपाधि हात पारे। प्रदीप नवौं राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारी समेत हुन्। सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बने। पुरुष डबल्सको उपाधि ऋतिक राना र निशान श्रेष्ठको जोडीले जिते। प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो र सक्क्षम बिक्रम शाह र राजबिर प्रधान तथा केशव प्रसाद गौचन र शौरभ नाथ पन्तको जोडी तेस्रो भए। पुरुष एकलमा निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहे। महिलातर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६-२ र ७-६ ले पराजित गरिन्। महिलातर्फ आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहिन्। पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते। जितेन्द्र परियार दोस्रो तथा सन्तोष खत्री र सिमान्त गुरुङ तेस्रो भए। पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे। उत्तम कुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो भए। पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे। विमल कुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोज बिक्रम शाह संयुक्त तेस्रो भए। पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे। ज्ञानेन्द्र मान ताम्राकार दोस्रो तथा हर्क बहादुर गुरुङ तेस्रो भए।

Like