पाहुना उम्मेदवार आम निर्वाचन २०७९ का यी हुन्
रासंसा/काठमाण्डौ, आश्विन २५,
मुलुकमा माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र चितवन ३ छाडेर गोरखा पुगेका छन्। उनी यसपटक गोरखा २ मा उम्मेदवार बनेका हुन्। उक्त क्षेत्रबाट अघिल्लो निर्वाचनमा तत्कालीन नयाँ शक्ति नेपालबाट डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए। गोरखामा मनोनयन दर्ता गराउँदै प्रचण्डले भने ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा र चितवनबाट निर्वाचन लडेको छु। यसरी देशको पूर्व–पश्चिम, मधेस–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ।’ प्रचण्डसँग एमालेका युवा नेता अब्दुस मियाँबीच यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुँदैछ। पूर्वप्रधानमन्त्री दाहाल धेरै क्षेत्र फेरेर उम्मेदवार दिनेमध्ये पर्छन्। उनले रोल्पा, काठमाडौं, सिरहामा उनले चुनाव लडेका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा उनले काठमाडौं १० र रोल्पा २ मा उम्मेदवारी दिएका थिए। त्यसबेला उनी दुवै क्षेत्रमा विजयी भए। पछि उनले रोल्पा छाडेर काठमाडौं १० रोजेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराहा ५ रोजे। काठमाडौंमा दोहोर्याउँदा कांग्रेसका राजन केसीसँग पराजित भए। सिरहामा झिनो मतान्तरले जिते। कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं ५ मा उम्मेदवार बनेका छन्। तनहुँ २ बाट सिफारिसमा परेका पौडेल मनोनयन दर्ता गर्ने दिन मात्रै काठमाडौं ५ मा उनको टिकट फिक्स भएको हो। एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट बारामा उम्मेदवार बनेका हुन्। उनको गृहजिल्ला तनहुँ हो। उनले २०७४ मा एमालेबाट कांग्रेस नेता रामचन्द्र पौडेललाई तनहुँ १ मा पराजित गरेका थिए। यो पटक पौडेललाई नै तनहुँ १ छाडेर उनी बारा ४ मा गएका हुन्। एमाले फुटेपछि उनी अर्को पार्टीमा लागेका हुन्। कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री वीरबहादुर बलायर डोटीबाट एकल सिफारिस भएका थिए। डोटीमा स्थानीय तहमा कांग्रेसको एकछत्र थियो। कांग्रेसले उम्मेदवार पाउनुपर्ने भन्ने रस्काकस्सी नै चल्यो। तर, त्यो सिट एकीकृत समाजवादीको भागमा पर्यो। त्यसपछि बलायर पाहुना उम्मेदवारका रूपमा कैलाली झरेका छन्। डोटीबाट एकीकृत समाजवादी नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आले उम्मेदवार बनेका छन्। बलायरले कैलाली ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। बलायरको मुख्य प्रतिस्पर्धा एमाले सचिव लेखराज भट्टसँग हुने देखिएको छ। पौडेल संस्थापन पक्षमा कांग्रेस महामन्त्रीमा उठेका थिए। तर, गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका थिए। अर्का युवा नेता नैनसिंह महरको टिकट खोसेर पौडेललाई दिइएको छ। यो क्षेत्रमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको चर्चा थियो। काठमाडौं ५मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पौडेलको भिडन्त हुने भएको छ। माओवादी केन्द्रकी नेतृ एव पूर्वसभामुख ओनसरी घर्ती पाहुना उम्मेदवारका रूपमा काठमाडौं २ बाट चुनाव लड्दै छिन्। रोल्पाकी घर्ती २०७४ सालमा समानुपातिकबाट सांसद भएकी थिइन्। २०७० सालमा भने रोल्पाबाट निर्वाचित भएकी थिइन्। लोकतान्त्रिक समाजवादीका नेता अनिलकुमार झा पनि पाहुना उम्मेदवार बनेर धनुषा ३ पुगेका छन्। नेता झा अघिल्लो निर्वाचनमा रौतहट १ बाट उम्मेदवार भई निर्वाचित भएका थिए। लोसपाकै नेता राजेन्द्र महतोले २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए। महतो गृह जिल्ला सर्लाही २ पुगेका छन्। झाको प्रतिस्पर्धा एमाले नेतृ प्रतिस्पर्धा एमाले नेतृ जुलीकुमारी महतोसँग हुँदैछ। यसपटक राठौंरसँग एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रतिस्पर्धा हुँदैछ। सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने चितवन पुगेका छन्। उनले चितवन २ बाट नेपाल स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्। कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर गृह जिल्ला बर्दिया छोडेर बाँके ३ बाट चुनाव लड्दै छन्। गृहक्षेत्र बर्दिया २ गठबन्धनमा माओवादी केन्द्रको भाग परेपछि राठौरले बाँके ३ रोजेका हुन्। बाँके ३ बाट २०७४ निर्वाचनमा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए।