बागेश्वरी मन्दिरमा जिब्रो छेडियो

Share to:

रसंसा/बाँके, आश्विन १८,

मुलुकमा महानवमीका दिन आज पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन्। उनले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो नै काटेर चढाउने गरेका र अहिले भने जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताए। उनले भक्तजनले आफ्नो मनोकांक्षा पूराहोस् भनेर तथा भाकल गरेकाहरुको भाकल पूरा भएपछि जिब्रो छेड्ने परम्परा रही आएको बताए। नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बडादसैँको घटस्थापनाका दिनदेखि नै निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताए। नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ। निराहार ब्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ। महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्पपरा रहेको र केही भक्तजनहरुले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पारे। उनका अनुसार नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातु (त्रिशुल) ले छेड्ने परम्परा रहेको र हरेक वर्ष करिब एक सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेका छन्। मङ्गलबार महानवमीका दिन बाँके लोयिनपुरवाका ७० वर्षीय रतिराम लोनिया, ७० वर्षीय भगौती धारुक, ३५ वर्षीय प्रेमकुमार चौहान, आशराम लोनिया, ३२ वर्षीय उत्तम चौहान लगायतले आफ्नो भाकल पूरा भएको उपलक्षमा जिब्रो छेडेर बागेश्वरी देवीको दर्शन गरेका छन् छ।

Like