१७३ जना गत २४ घण्टामा थप कोरोना पुष्टि
रासंसा/काठमाण्डौ, भाद्र १२,
मुलुकमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ३ सय ९६ जना काेराेना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार ६ सय १२ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा २ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ६ सय ४३ जनाको पीसीआर र २ हजार १ सय ९६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
Like