प्रदर्शनकारी इराकी संसद भवनमा प्रवेश गरे

Share to:

एजेन्सी,

विश्वमा श्रीलंकामा केही दिनअघि आर्थिक संकट आएपछि जनताले प्रदर्शन गर्दै राष्ट्रपति भवन प्रवेश गरेका थिए। अहिले इराकमा पनि यस्तै अवस्था सिर्जना भएको छ । हालसम्म यस प्रदर्शनमा कुनै पनि जनधनको क्षति भएको छैन। प्रदर्शनकारी उच्च सुरक्षा ग्रीन जोनमा प्रवेश गर्दा इराकी संसदमा कोही पनि उपस्थित नभएको बताइएको छ। संसद भवनमा तैनाथ सुरक्षाकर्मी मात्रै रहेकाले आन्दोलनकारीलाई संसद भवनभित्र पस्ने अनुमति दिएको बताइएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीहरूले इराकको राजधानी बग्दादमा रहेको संसद भवनमा तोडफोड गरेका छन्। अहिले प्रदर्शनकारी इराकी संसदमा प्रवेश गरी फर्किएका छन् । बगदादको संसदमा तोडफोड गर्ने इराकी प्रदर्शनकारीहरू एक प्रभावशाली धर्मगुरु मुक्तादा अल-सद्रका समर्थक हुन्। रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा शिया नेता अल-सद्रको तस्बिर हातमा बोकेका थिए। इराकमा प्रधानमन्त्रीको उम्मेदवारमा इरान समर्थक व्यक्तिलाई मनोनयन गरेको विरोधमा प्रदर्शन भएको हो। बुधबार राति हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर पर्खालबाट चढी संसद भवनमा प्रवेश गरेका थिए । सुरक्षा बलहरू उपस्थित भएर पनि रोक्न असफल भए। रिपोर्टका अनुसार गठबन्धन सरकारले मोहम्मद अल सुदानीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । उनलाई इरान समर्थक मानिन्छ । देशका धर्मगुरु र उनीहरूका समर्थकहरूले यसको सुदानीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको कुराको विरोध गरिरहेका छन्। बुधबारको घटना त्यसैको अर्को चित्र हो । ग्रीन जोनमा संसदबाहेक सबै देशका दूतावासहरू छन् । त्यहाँ गोप्य मिसनका कार्यालयहरू पनि छन्। आन्दोलनकारी यहाँ पुगे प्रहरी र सेनाका अगाडि गोली चलाउनुबाहेक अर्को विकल्प रहँदैन । यसले ठूलो जनधनको क्षति निम्त्याउन सक्छ। इराकमा अक्टोबरमा चुनाव भएको थियो । त्यसपछिता इराकको राजनीतिक अवस्था बिग्रिएको छ । आन्दोलनकारीका नेता मौलवी मुक्तदा अल-सद्र हुन्। केही दिनअघि उनले राजनीतिबाट अलग हुने घोषणा गरेका थिए । २०१६ मा पनि उनका समर्थकहरु यो ग्रीन जोनमा गएका थिए । कार्यवाहक प्रधानमन्त्री मुस्तफा अल काधिमीले आन्दोलनकारीलाई जारी गरेको सन्देशमा भनेका छन्, ‘हामी शान्तिपूर्वक वार्ता गरिरहेका छौं । तपाईंहरु ग्रीन जोनबाट बाहिर जानुहोस्। यो देशको लागि खतरा बन्न सक्छ।’

Like