लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु

Share to:

एजेन्सी,

विश्वको संसारमा बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ । बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो । उनलाई लामखुट्टेले दाहिने आँखा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । सल्फोकका वरिष्ठ कोरोनर निगेल पार्स्लीले उज्ज्वल भविष्य भएकी एक युवतीको मृत्यु अति नै दुर्भाग्यपूर्ण भएको बताए । बीबीसीका अनुसार उनको निधन जुलाई १२, २०२१ मा भएको थियो । त्यसदिन उनलाई लामखुट्टेले टोकेको पाँच दिन पुगेको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो । सफोल्ककी बासिन्दा उनलाई अस्पतालले एन्टिबायोटिक्स दिएर घर पठाएको थियो । यद्यपि, अस्पताल गएको दुई दिनपछि उनी बेहोस भएपछि उनका प्रेमीले पुनः अस्पताल लगेका थिए । उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ । स्ट्याफाइलोकोस एरियस नामक ब्याक्टेरियाको संक्रमणले रक्तनलीमा अवरोध हुँदा मस्तिष्कमा सेप्टिक एम्बोली हुन्छ । विशेषगरी निधारमा किराले टोक्दा यस्तो अवस्था निम्तिन्छ । निगेल पार्स्लीले सुनुवाइको क्रममा भनेका छन्, ‘ती युवतीको मृत्यु निधारमा किराले टोक्दा गम्भीर संक्रमणका कारण भएको हो ।’ पेपर अक्सफोर्डको इजिजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको सफोकको कोरनर कोर्टको सुनुवाईमा बताइएको छ । ‘मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ,’ पार्स्लीले अनुसन्धानको निष्कर्ष दर्ता गराउने क्रममा भने ।

Like