सेयर बजार सुधार अभियन्ता कोइरालाले तोडे अनसन

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १०,

मुलुकमा सेयरबजार सुधारको माग गर्दै अनसन बसेका तिलक कोइराला र नेपाल धितोपत्र वोर्डबीच सहमति भएको छ। शक्रबार पुँजीबजार संघर्ष समितिका संयोजक कोइरालाका पक्षधर र नेपाल धितोपत्र बोर्डबीच सहमति भएपछि अनसन तोडेका हुन्। बोर्डका अध्यक्ष रमेश हमालले कोइरालालाई जुस खुवाएर अनसन तोडेका हुन्। अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समितिको सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने सहमति भएको छ। यस्तै बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने सहमतिपत्रमा उल्लेख छ। कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने, धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको तथा थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने सहमति भएको छ।
गैर आवसीय नेपालीहरुलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ श्रावण देखि कार्यान्वयन गर्नेपनि सहमतिपत्रमा उल्लेख छ।

Like