कृष्ण प्रसाद बास्तोलाको नेतृत्वसंगै स्वतन्त्र पत्रकार संघ नेपालको चौथो महाधिवेशन सम्पन्न

Share to:

रासंसा/नवलपुर, ज्येष्ठ २१,

स्वतन्त्र पत्रकार संघ नेपालको दसौ साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशन शनिबार नवलपुर जिल्लाको गैडाकोट नगरपालिकास्थित प्रसिद्द धार्मिक पर्यटकीयस्थल मौलाकाली मन्दिरमा सम्पन्न भएको छ । महाधिवेशनमा विभिन्न जिलाका जिल्ला अध्यक्ष तथा राष्ट्रिय पार्सद तथा प्रदेश पार्सद लगायत केन्द्रीय पदाधिकारीहरु, राष्ट्रिय सल्लाहकारहरुको उपस्थिति थियो । महाधिवेशनबाट कृष्णप्रसाद बास्तोला (कास्की) को अध्यक्षतामा १७ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । बास्तोला संस्थापक अध्यक्ष हुनुहुन्छ । उहालाइ वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले प्रस्ताब राखेपश्चात डीआरजी सुमनले समर्थन गर्नुभएको थियो । बास्तोला संस्थापनकाल देखि एक कार्यकाल पश्चात पुन: अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहा पोखराबाट प्रकाशित आदर्श समाज दैनिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ । निर्वाचन समितिका संयोजक एवं संघका राष्ट्रिय सल्लाहकार नारायण कार्कीले निर्वाचित पदाधिकारीहरुको नामावली प्रकाशन गरेअनुसार वरिष्ठ उपाध्यक्षमा के. बि. सम्राट (काठमाण्डौ), उपाध्यक्ष त्रय बिरेन्द्र पाण्डे (रुपन्देही), निरज गौतम (दाङ) र महिला उपाध्यक्ष लक्ष्मी गुरुङ(कास्की), महासचिवमा महेशजंग कुँंवर (काठमाण्डौ), उपमहासचिव त्रय रत्नकाजी प्रजापति (ललितपुर), सुरेश श्रेष्ठ (मकवानपुर), निरज गौतम निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा बद्रि बहादुर दुलाल (ललितपुर) र सह कोषाध्यक्षमा सीता दर्नाल (रुपन्देही) निर्वाचित भएका छन् । यसरि नै सदस्यहरुमा शरद शर्मा (दाङ), डिलाराम भण्डारी (दाङ), दिपक कुमाल, (दाङ) जित सागर जी एम (दाङ), प्रेम बहादुर बुढाथोकी (रुपन्देही), निर्मला पोख्रेल (सुनसरी) निर्वाचित भएका छन् । संघको राष्ट्रिय महाधिवेशन ज्येष्ठ २१ र २२ गते हुने भनिएता पनि बन्द सत्रमा निर्वाचन समितिले सर्वसम्मत निर्वाचन गरि निर्वाचित भएपश्चात पहिलो दिनमै कार्यक्रम सम्पन्न गरेको हो । महाधिवेशनले केन्द्रिय सल्लाहकारमा डा. इन्दुल केसी (भक्तपुर) मनोनित गरेको छ भने डा. इन्दुल केसी स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाका संस्थापक अध्यक्ष हुनुहुन्छ। दशौँ साधारणसभा तथा चौथो महाधिवेशनमा संघको विधान संसोधन भएको छ । अधक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मत पारित भएको थियो । महाधिवेशनले गठन नभएका जिल्ला समिति गठन गरि प्रदेश समिति पुरा गर्ने र केन्द्रीय समितिमा बाकि सदस्यहरु थप गर्न सहज हुने नवनिर्वाचित अधक्ष कृष्ण प्रसाद बास्तोलाले बताउनुभयो । नव निर्वाचित कार्यसमितिको पहिलो बैठकमा पद तथा गोपनियताको सपथग्रहण तथा निर्वाचित पद प्रमाण पत्र वितरण गर्ने र पारित गरिएको संघको बिधान अनुमोदन गर्ने नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले बताउनुभयो ।

Like