प्रदेश-४ [गण्डकी]मुख्य समाचारहेडलाइन

१ अर्ब २१ करोडको लागतमा प्रसिद्ध चार लेनको मादी नदीको पुल निर्माणाधीन अवस्थामा

Share to:


अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ

तनहुँ जिल्लाको धार्मिक पर्यटकीय एवं ऐतिहासिक तीर्थस्थलका रूपमा परिचित व्यास जन्मभूमि तनहुँ दमौली स्थित चापाघाट र व्यास ४ जोड्ने प्रसिद्ध ३७० मिटर लामो मादी नदीको पुल जीर्ण भएसँगै कुल १ अर्ब २१करोडको लागतमा चार लेनको पुल निर्माणाधिन अवस्थामा रहेको छ। एसियाकै नमुना पुलका रूपमा यो पुल निर्माणाधीन अवस्थामा छ। कुल ८५% काम पूर्णरूपमा सफल भइसकेको र बाँकी कामहरूलाई असार मसान्तसम्ममा सक्ने भनिएता पनि प्राविधिक कारण केही समय लाग्ने भएको छ।

Like