सञ्चार क्षेत्र बाँचे मात्रै गणतन्त्र रहन सक्छ” : डिपी अधिकारी

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहु
तनहुँ – नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले अहिलेको सरकारले सञ्चार माध्यममाथि विभेद गरेको आरोप लगाएका छन्। 
उनले सञ्चार क्षेत्रको अस्तित्व र गणतन्त्रको रक्षाबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै भने, “सञ्चार क्षेत्र बाँचे मात्रै गणतन्त्र रहन सक्छ।” भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सञ्चार क्षेत्रमाथिको विभेदले लोकतन्त्र र प्रेस स्वतन्त्रता कमजोर हुने भन्दै अधिकारीले सरकारलाई सबै सञ्चार माध्यमप्रति समान व्यवहार गर्न आग्रह गरे । गणतन्त्र दिवसको पावन अवसरमा आयोजित बृहत् छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिल्लाधिकारी जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख, विभिन्न वडाका जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधिहरूको हरूको सहभागिता रहेको थियो।