यातायात व्यवस्था कार्यालय तनहुँले चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ राजस्व संकलन

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ

यातायात व्यवस्था कार्यालय तनहुँले चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका प्रमुख गोपाल ओलीका अनुसार सवारी साधन दर्ता, नवीकरण, सवारी चालक अनुमति पत्रलगायत विभिन्न सेवा शुल्कबाट सो रकम संकलन भएको हो। लक्ष्यअनुसार राजस्व संकलनमा उल्लेखनीय प्रगति भएको कार्यालयले जनाएको छ।

सेवा प्रवाहलाई छिटोछरितो र पारदर्शी बनाउँदै प्रविधिमैत्री बनाइएकाले राजस्व संकलनमा वृद्धि भएको कार्यालयको भनाइ छ। सेवाग्राहीको चाप व्यवस्थापनका लागि अनलाइन प्रणाली र टोकन व्यवस्थालाई समेत प्रभावकारी बनाइएको छ।

यातायात व्यवस्था कार्यालय तनहुँले नागरिकलाई सहज सेवा उपलब्ध गराउन निरन्तर सुधारका काम गर्दै आएको प्रमुख ओलीले बताए।

Like