दमौलीमा ट्राफिक व्यवस्थापन र बजार सुरक्षाका मुख्य निर्णयहरू

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
ट्राफिक व्यवस्थापन र बजार सुरक्षाका मुख्य निर्णयहरू
सुरक्षा र पूर्वाधार: बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न र सुरक्षाका लागि CCTV क्यामेराहरूको मर्मत गर्ने तथा आवश्यक स्थानमा राख्ने निर्णय गरिएको छ। यस कार्यमा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नेछ।
परीक्षण अवधि: व्यास नगरपालिका वडा नं. २, ३ र ४ को सीमा क्षेत्रमा पृथ्वी राजमार्गको पुन:निर्माण र सडक सफाइको कामलाई व्यवस्थित गर्न २०८३/०२/१० गतेदेखि लागू हुने गरी १५ दिनको परीक्षण अवधि तोकिएको छ।

पार्किङ निषेध: सफा सडकमा दुवैतर्फ बाटो चालु हुँदा सबै सवारी साधन पार्किङ गर्न निषेध गरिएको छ। विकल्पको रूपमा शाखा सडक, चोक, नगरपालिकाको पार्किङ ग्राउन्ड र अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ।
विभिन्न सवारी साधनका लागि समय र स्थान तोकिएको छ:
सवारी साधनको प्रकार
रुट / स्थान
समय सीमा
व्यास ४ भोलेंटार चोक सबलेन
लमजुङतर्फ जाने ठूला सवारी (म्युजिक, मिनीबस, बस)
चौतारी होटल चोकमा १५ मिनेट
भोलेंटार चोक राजमार्गा
दमौली-काठमाडौँ माइक्रो, दमौली-मुग्लिन बस
बसपार्कमा ५ मिनेट (PickUp)
व्यास २ भोलेंटार चोक
काठमाडौँलगायत पूर्वी खण्डबाट आउने साना/लामो दूरीका सवारी
२ मिनेट (PickUp/Drop)
व्यास २ भोलेंटार चोक नमुना टोल
स्थानीय साना सवारी, म्युजिक/बस (क्यू लिने)
२ मिनेट (PickUp)
ट्राफिक चोक
दमौली-पोखरा चल्ने माइक्रो, ट्याक्सी (क्यू लिने)
१/१ वटा मात्र (बाँकी बसपार्क पठाउने)














कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले सडक र यात्रुको सुरक्षाका विषयमा आफ्नो धारणा राखेका थिए।