बेशिशहर सडक खण्डमा गोरु बोकेको पिकअप दुर्घटना,सहचालक पक्राउ चालक फरार

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ
तनहुँ – डुम्रे–बेशिशहर सडक खण्ड अन्तर्गत भानु नगरपालिका–१, भन्सारस्थित ज्यामिरे कुवा भन्ने स्थानमा गोरु बोकेको पिकअप दुर्घटना हुँदा सहचालक प पक्राउ परेका छन् भने चालक फरार भएका छन्।
प्रहरीका अनुसार राति करिब १० बजेको समयमा तुरतुरेबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश २-०३-०१ च ३५६ नम्बरको टाटा पिकप अनियन्त्रित भई सडकबाट करिब २सय मिटर तल बायाँतर्फको खोल्सामा खसेको हो।
दुर्घटनापछि गाडीमा बोकेका गोरु स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
प्रहरीले घटनास्थलबाट भाग्ने क्रममा मकवानपुर मनोहरी गाउँपालिका–७ बस्ने २७ वर्षीय रोमन शाही ठकुरीलाई नियन्त्रणमा लिएको छ। चालक बारा, सिमरा बस्ने, मोटे भनेर चिनिने अन्दाजी २–२४ वर्षीय महेश भुलोन फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीले बताए ।
स्थानीयले रातिको समयमा दैनिक जसो सडकमार्ग हुँदै गोरु तस्करी हुने गरेको जनगुनासो पहिलेदेखि नै गर्दै आएका छन् प्रहरी प्रमुख कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको गैरकानुनी तरिकाले ल्याएको निजलाई कानुनी दायरामा ल्याइने बताए ।
तस्बिर राजेश कार्की