चिजकुमार विष्णु कुमारी क्याम्पसको १७औँ वार्षिकोत्सव तथा ५औँ अधिवेशन सम्पन्न

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ
बन्दीपुर – तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चिज कुमार विष्णु कुमारी क्याम्पसको १७औँ वार्षिकोत्सव तथा ५औँ अधिवेशन सम्पन्न भएको छ।
२०८३ जेठ ४ गते सम्पन्न अधिवेशनबाट क्याम्पसको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा सरिता पिया सर्वसम्मत निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा कुलेन्द्र गौतम चयन भएका छन्।
कार्यसमितिको सदस्यहरूमा गोविन्द प्रसाद अधिकारी, दिलमाया थापा, जीवन कायस्थ, धन बहादुर आले, जलालदिन मिया, विष्णुमाया डल्लाकोटी र विजया अधिकारी रहेका छन्।
त्यसैगरी पदेन सदस्यहरूमा बन्दीपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ, पवित्रा माविका पीटीए अध्यक्ष दीपक देवकोटा, पवित्रा माविका प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने, क्याम्पस प्रमुख माधव पण्डित र पवित्रा माविका अध्यक्ष डिल बहादुर राना रहेका छन्। क्याम्पस प्रमुख पण्डित सदस्य सचिवको जिम्मेवारीमा रहेका छन्।
अधिवेशनले क्याम्पसको शैक्षिक विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।