नेपालि कांग्रेस देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई पेसी तोकियो
रासंसा/काठमाण्डौ, माघ ४,
मुलुकमा निवर्तमान काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ। निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएका छन् । गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ। सोही दिन २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता पनि हुँदैछ।
Like