नकारात्मक सोचलाई सकारात्मक सोच बदल्ने सूत्र

Share to:

रासंसा/काठमाण्डौ, पौष २६,


डा. के. बि. सम्राट
सकारात्मक पक्षहरू सामञ्जस्य, विश्वास, अभय, सहिष्णु, मृदुता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदि सद्गुणले आचार व्यवहारमा वीरता ल्याई मानिसको व्यक्तित्व उत्साही, आशावादी, प्रसन्न, तनावमुक्त, विनम्र, सहृदयी, सहानुभूतियुक्त, अनुशासित बनाइदिन्छ । यसले आन्तरिक शक्ति सबल बनाई सदा सुखी बनाइदिन्छ । नकारात्मक कुराहरू जस्तो कि भय, घृणा, ईष्र्या, सन्देह, लोभ, मोह, हीनता, चुक्ली, अहङ्कार, आग्रह, द्वेष, असत्य आदि दुर्गुणले मानिसको व्यक्तित्वमा क्रूरता, दुर्बलता, कठोरता, उदण्डता, चिडचिडाहटपन, रुखोपन, अल्छीपन, अस्तव्यस्तता, धोका, स्वार्थीपन आदिले भरिदिन्छ । यसले तनाव, कुण्ठा, निराशा, लाचारी, दुःख, असफलता, रुग्णता, दरिद्रता, थकावट, असन्तोष आदि बाहेक केही दिँदैन र आन्तरिक शक्ति दुर्बल बनाइदिन्छ अनि सदा दुःखी बनाइदिन्छ । नकारात्मक भावनाले मानिसले आदर्श जीवन गुमाउन पुग्छ र दुःखी बनाइदिन्छ तर सकारात्मक भावनाले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बनाइदिन्छ । हामीलाई अध्ययन, प्रेम, आदर्श, निष्कङ्कता, आत्मविश्वास र सफलताको मार्गमा हरेक पल डो¥याइदिन्छ । यही सकारात्मक भावनाले हाम्रो आत्मिक शक्तिलाई प्रेरित गरी, हामीलाई अनुशासित र सन्तुलित जीवन जीउनमा मद्दत पु¥याउँछ । सकारात्मक भावनाहरूले हाम्रो जीवनमा सन्तोष, समृद्धि, शान्ति र नैतिकता ल्याइदिन्छ । यसले हामीलाई परिवार, समाज अनि सङ्गठनका साथीहरूसँग रमाइलो तथा सहज वातावरण बनाइदिन्छ । यसका अतिरिक्त यसले हाम्रो बाह्य जीवनलाई पनि सकारात्मक दिशामा अघि बढाइदिन्छ, हाम्रो आदर्श उच्च बनाइदिन्छ । सकारात्मक भावनाको महìवलाई थाहा पाएर मनन गरी जीवनमा लागु गर्दा हामीले आफैँलाई हरेक मार्गमा अग्रगामी बनाउन सक्छौँ । यसले हाम्रो जीवनमा सन्तुलन र सफलता ल्याइदिन्छ । जसले हामीलाई आन्तरिक शक्ति सबल बनाई आनन्दको अनुभूति गराइदिन्छ, सधैँ स्वच्छ र ताजगी तुल्याइदिन्छ । यसले हामीलाई सधैँ सुखी बनाउँछ र अरूलाई पनि प्रेरित गर्दछ । उनीहरू हाम्रो सुखीपन देखेर हाम्रो आदर्श र आचार–व्यवहार पछ्याउँदै आउँछन् । यसरी आन्तरिक शक्ति सजीव भएपछि हामी अरूका लागि प्रेरक व्यक्तित्व बनिसकेका हुने छौँ । यसका साथै, सकारात्मक भावनाले हाम्रो आन्तरिक शक्ति बढाउँछ र जीवनलाई आदर्श बनाइदिन्छ । भय, घृणा, लोभ, आग्रह र द्वेष जस्ता नकारात्मक भावनाले हाम्रो मानसिक स्थिति ह्रास पारी जीवनलाई असन्तुलित बनाउँछ । यसले तनाव, निराशा, असफलता, दुःख, रुग्णता, दरिद्रता, असन्तोषबाहेक केही दिँदैन । यसले हाम्रो स्वस्थ्य जीवनको उद्देश्य, र मानवीय सम्बन्धमा नकारात्मक प्रभाव पु¥याउँछ । यसको विपरीत, सकारात्मक भावनाहरूले हाम्रो जीवनमा नयाँ दृष्टिकोण ल्याउँछ । सबैका लागि राम्रो सोच्नु नै सकारात्मक भावना हो । यसो भनेर प्रयास नगर्ने भनेको पटक्कै होइन । यसरी सकारात्मक भावनाबाट प्रयास गर्दा भय, त्रास, कुण्ठाबिना आफूले प्रयास गरेर सफलता प्राप्त गर्न सकिन्छ । सकारात्मक सोच्नु हाम्रो जीवनका लागि अति फलदायी साबित हुन्छ । यो विश्वास गर्नुहोस् कि सबै कुरा ठिक हुँदैछन् र ढुक्क हुनुहोस् कि सकारात्मकता ल्याउन सकिन्छ । यसरी आफ्नो दृष्टिकोणलाई सकारात्मक बनाउन सकिन्छ । आफूले आफैँलाई धन्यवाद व्यक्त गर्ने कुरा सिक्नुहोस् । आफ्नो जीवनमा भएका सकारात्मक अनुभव र आदर्शलाई मनमा मनन गरेर आफूलाई धन्य सम्झँदा आत्म ऊर्जा प्राप्त हुन्छ । योग र प्राणायाम गर्दा पनि मानसिक शान्ति र सकारात्मकता बढ्छ । यसले आत्मउन्नति र आत्मअवबोधनमा मद्दत पु¥याउँछ । आफूभित्रको ऊर्जालाई आभाष दिलाइदिन्छ र अत्यधिक सफलतातिर डो¥याइदिन्छ । यी सबै उपायहरूले आत्मऊर्जा, सकारात्मकता र सहर्षबारे प्रेरित बनाउनमा मद्दत पुयाउँछ । जीवनलाई सार्थक, सकारात्मक दृष्टिकोणमा हेर्दा, ठुलो सङ्घर्षको समयमा पनि स्वास्थ्य उत्तम भइरहन्छ अनि सदा खुसीयालीको वातावरण बनिरहन्छ । अवश्य नै यो सकारात्मक सोच नै सफलताको सूत्र हो । असन्तोष प्रगतिको ढोका हो । जुनसुकै कुरामा पनि असन्तोष हुनुले अगाडि निरन्तर जान, हरेक कुरा जान्ने बुझ्ने चाहना भइरहन्छ । बिनातनाव यस्तो चाहना हुन सकारात्मक सोच पनि हुनै पर्दछ । यस प्रक्रियाले हामीले जुनसुकै कुरामा पनि एकदम ताजगीका साथ ढुक्कसँग माथि उक्लिने खुड्किलोमा सहजसँग अघि बढ्न सक्छौँ । त्यसैले त यस्तो सङ्घर्षमा धैर्य र आत्मविश्वास दुवै आवश्यक हुन्छ । जस्तोसुकै सङ्घर्षमा पनि धैर्यवान् र आत्मविश्वास चाहिन्छ । आफूलाई सकारात्मक बनाउनका लागि अनिवार्य छ कि हाम्रो मानसिकता अधिक सकारात्मक हुनु पर्छ । सपना पूरा गर्नका लागि प्रेरित हुनु पर्छ कि आफूलाई प्रेरित बनाउनका लागि आफ्नो सपना र लक्ष्यप्रति ध्यान दिनै पर्छ । सफल भएको छु भनी विश्वास गर्न बढीभन्दा बढी सपना देख्नै पर्छ । आत्मसम्मान र सम्मान गर्ने बानी बसाल्नु पर्छ । यसैबाट आफ्नो मूल्यलाई महत्व दिने र अन्यले आफूलाई कसरी महत्वपूर्ण तथा जीवन्त बनाउन सक्छ भन्ने देखाउन सकिन्छ । कुनै काम अवश्य नै सफल हुने छ भन्ने मानसिकताले कसलाई उत्साहित नबनाउला र ? अवश्य नै सकारात्मक भावनाले हाम्रो मानसिकतामा राम्रो, आत्मविश्वास, ओजपूर्ण र आनन्दको भावना पनि ल्याइदिन्छ । यसले हामीलाई जीवनप्रति उत्साह र आदर्श जगाइदिन्छ । हामीलाई नयाँ परिप्रेक्ष्य देख्न र समस्याहरूसँग जुझ्न तथा सङ्घर्ष गर्ने यथेष्ट शक्ति प्रदान गर्दछ । सकारात्मक भावना ल्याएर हामी जीवनको मुख्य दिशामा आगामी कार्यदिशा देख्न सक्छौँ र त्यसमा प्रयासरत हुन सक्छौँ । अवश्य नै सकारात्मक भावनाले आशाका किरणहरू जगाइदिन्छ र देखाइदिन्छ । मनोबललाई प्रचुर मात्रामा बढाइदिन्छ, उच्च बनाइदिन्छ । तसर्थ यो हरेकका लागि अतिरिक्त प्रेरणादायी शक्ति हो । यसले गर्दा हामीलाई जीवनप्रति गर्व र प्रेरणात्मक शक्ति प्रदान गर्दछ । जसले हाम्रो आत्मविश्वास अत्यधिक बढाउँछ र हामीलाई कुनै पनि चुनौतीलाई स्वीकार गर्न मद्दत पु¥याउँछ । यसबाट प्रगतिको खुड्किलो सुरुवात हुन्छ । त्यस्तै हाम्रो व्यक्तित्व विकास र सामाजिक सम्बन्ध अझ सुदृढ हुन्छ । सकारात्मक शक्ति एउटा मनोगत आदानप्रदानको रूपमा प्राप्त हुने ऊर्जा वा प्रेरणा हो जो हाम्रो जीवनमा सकारात्मक परिणाम गर्नमा मद्दत पु¥याउँछ । यसले हाम्रो जीवनमा सान्त्वना, ऊर्जा, आत्मविश्वास, उत्साह, र सफलता ल्याउँछ । यो एउटा बलियो शक्ति हो जो हाम्रो मानसिकता र आचरणमा सशक्त तथा सही परिणाम दिन्छ । त्यस्तै हामीलाई आगामी कार्यप्रति प्रेरित गर्दछ । हाम्रो वरिपरिका हरेक व्यक्तिको सकारात्मक सोच, सकारात्मक सङ्गत र प्रेरणादातालाई सम्प्रेषण गर्दा, हामी सकारात्मक शक्तिले गर्दा अझ सबल हुन्छौँ । आफ्नो लक्ष्यहरूमा सफलताका प्रति प्रतिबद्ध बन्छौँ । परिणामतः सफलता हाम्रो हातमा आउँछ । यस दृष्टिकोणले सकारात्मक सोचले जीवनलाई राम्रो बनाउन मद्दत पु¥याउँछ । सकारात्मक दृष्टिकोणले हामीलाई हरेक आवश्यक कुरामा अध्ययन गर्ने र सामाजिक परिस्थितिहरूलाई सुधार्ने साहस प्रदान गर्छ । यसरी ताजगीपनले भरिएको निर्णयमा कुनै पनि अंशको गल्तीले छुन सक्दैन र जीवनलाई अझ प्रभावकारी बनाइदिन्छ । यसले हामीलाई अन्य असहाय व्यक्तिलाई समेत मद्दत गर्ने साथै स्नेह, सहयोग र प्रेमको भावना प्रकट गर्ने प्रेरणा प्रदान गर्दछ । सकारात्मक भावनाले हाम्रो जीवनलाई रङ्गीन बनाउँछ । हाम्रो चरित्रको विकास र सङ्घर्षको मार्गलाई अपेक्षाहरूलाई बुझ्नमा मद्दत पु¥याउँछ । यसर्थ नयाँ जोस, जाँगर, उमङ्ग तथा उत्साहले भरिपूर्ण भई दह्रोसँग सकारात्मक सोच राख्न सकिन्छ । नकारात्मक सोच हटाउन यस्तै नै एउटा सशक्त सकारात्मक सोच आवश्यक हुन्छ । संसारले तपाईंलाई तल झारे पनि तपाईं आफ्नो फुर्ति नघटाउनुहोस्, गर्वले छाती चौडा गर्नुहोस् । आशालाई मर्न नदिनुहोस् । आज जो पनि अरूलाई तल झार्नमा रमाउँछन् । उनीहरू आफू गर्न सक्दैनन्, अरूले गरेको पनि सहन गर्न सक्दैनन् । यसरी समाज पूरै नकारात्मकतिर गइरहेको छ । जसलाई पनि त्यतैतिर हिँडाइरहेका अनि डुबाइरहेका छन् । उनीहरूको भनाइ एउटै हुन्छ, अब गर्न सकिन्न । तपाईंले तैरिएर, पौडिएर देखाउनु छ । सकिन्छ, गरेपछि के हुन्न ! अगाडि बढ्ने मान्छेले नै हो माथि चढ्ने । यसबाट तपाईंले अति नै सुन्दर मनोरम संसार देख्न सक्नु हुने छ । प्रयास अरूले गर्ने होइन, तपाईं आफैँले गर्ने हो । जित तपाईंकै हातमा छ । जब व्यक्तिभित्र नकारात्मक भावको विकास हुन्छ । तब तनाव, निराशा जस्ता धेरै समस्याहरुले जन्म लिन थाल्छन्। यस्तो अवस्थामा, तिनीहरूलाई कसरी जोगाउने र जीवनलाई सकारात्मक बनाउने भन्ने बारेमा सिक्नु आवश्यक छ । मानव जातिले आज नकारात्मक सोच र भावनाहरुलाई सामान्य रुपमा ग्रहण गर्न थालेका छन् । जसका कारण मान्छेमा तनाव, चिन्ता, उदासिनता र निराशालाई सामान्य मान्न थालिएको छ । संसारमा प्रत्येक व्यक्तिको दिमागमा केही नकारात्मक भावको विकास भइरहेको हुन्छ, जसलाई हामीले अहिले सामान्य मान्न थालिएको छ । चाखलाग्दो कुरा त यो छ कि यसका बावजुद कोही पनि आफ्ना विचार र भावनाहरू नकारात्मक छन् भनेर विश्वास गर्न तयार छैनन् । भनिन्छ जस्तोको संगत हुन्छ मान्छेमा यस्तै भावनाको विकास हुन्छ । कुनै नकारात्मक घटना वा नकारात्मक व्यक्तिलाई हेरेर वा सुनेर विपरीत विचारधाराको जन्म दिन थालेपछि दिमागमा नकारात्मक भावको सुरुवात हुन्छ । यदि तपाईंको एक साथीमा हृदयघातको समस्या छ र निद्रामा मरेको सपना मात्रै देख्छ भने तपाईंको छातीमा हल्का समस्या भयो भने मात्रै पनि तपाईंमा नकारात्मक विचारहरू आउन थाल्छन् । यदि गम्भीर परिस्थितिहरू नजिकको आफन्तको जीवनमा देखा पर्छ भने पनि त्यसमा धेरै अघि गएर हामीले खराब कल्पनाहरू गर्न थाल्छौं ।आज संसारमा जताततै नकारात्मक ऊर्जा बढिरहेको छ । यसको परिणाम स्वरूप मान्छे प्रभावित हुने गरेको छ । नकारात्मक विचारहरूलाई सम्हाल्दा सम्हाल्दै उसमा पनि नकारात्मक भावको विकास हुन्छ । केही भावनाहरू नकारात्मक विचारहरूसँग सम्बन्धित हुन्छन् । जस्तै क्रोध, निराशा आदिले दिमागमा बास बस्न थालेपछि यसलाई हटाउन मुस्किल हुने गर्छ । जसरी विचारहरू दबाइन्छन् त्यसैगरी उनीहरूको दिमागलाई नकारात्मक भावले घेरा हाल्न थाल्छ । त्यसकारण सकेसम्म दिमागमा सबै सकारात्मक विचारहरूलाई मात्रै प्रवेश दिनुपर्छ । जसरी उज्यालो अँध्यारोमा परिणत हुन्छ, अन्धकार स्वत: अदृश्य हुन्छ, त्यस्तै सकारात्मक विचारहरूले नकारात्मक विचारहरू हटाउन सुरू गरौं । सकारात्मक विचारहरू विकास गर्न, व्यक्तिले बुद्धि र जीवनको बारेमा सकारात्मक भएर सोच्न थाल्नुपर्छ । आध्यात्मिक पठनले सकारात्मक सञ्चालको लागि धेरै मद्दत गर्छ। नकारात्मक सोचलाई सकारात्मक बनाउनको लागि सबैभन्दा पहिले आफूभित्र रहेको सकारात्मक पक्षलाई ध्यान दिनुहोस् । तपाईंले गरेको साना साना भए पनि प्रगतिलाई ठूलो बनाएर सोच्नुहोस् । हल्का आफूप्रति नै अभिमानी बन्नुहोस् र आफ्ना सकारात्मक बानीहरूलाई एक एक गरेर कोट्याउने प्रयास गर्नुहोस् । आफूलाई मन पर्ने गीत गजलहरू सुन्नुहोस् । यसमा पनि तपाईंले आफूलाई एक सम्पन्नशाली व्यक्तिको रूपमा सम्झनुहोस् । यसरी तपाईं जे सोच्नुहुन्छ त्यसलाई महत्‍वदिएर सुन्नुहोस् । सेतो रंगले शुद्धता र आध्यात्मिकताको भावनाहरू सिर्जना गर्दछ। खैरो रंगले शीतलता, रातो रंगले उत्साह, दिमागमा जोस र शक्ति प्रदान गर्दछ। कालो रंगले निराशा र आलस्य उत्पन्न गर्छ । गुलाबी, नीलो, हरियो यी सबै रंगहरूले मुडलाई राम्रो बनाउन मद्दत गर्छ। घरलाई जति सक्दो उज्यालो बनाउनुहोस् । घरमा मीठो र पुरानो गीतहरू प्ले गरिराख्नुहोस् । जसले तपाईंमा उत्साह भर्न सक्छ । सकारात्मक सोचका लागि सकारात्मक वातावरण सिर्जना गर्नु महत्त्वपूर्ण हुन् छ। तपाईंको कोठा, घर सफा र व्यवस्थित राख्नुहोस् । टेबुलमा धुलो फाईलहरूको थुप्रो, पुस्तकहरू यत्रतत्र छरिएका छन् भने त्यो हटाउनुहोस् । अव्यवस्थित कोठाले दिमागलाई निराश बनाउँछ। कोठाको रंगले सोच्ने क्षमतामा पनि असर गर्छ। यदि तपाईंले आफ्नो मानसिक स्वास्थ्यको लागि एक दिनभरिमा एक घण्टा खर्च गर्नुभयो भने दिमाग सकारात्मक ऊर्जाको साथमा सधैं प्रसन्न रहनेछ। सम्भव भएसम्म बिहान सफा र शान्त कोठामा बस्नुहोस् र केही समय ध्यान गर्नुहोस्। तपाईंको जीवनको उद्देश्यको बारेमा सोच्नुहोस् । नयाँ विचारहरू सिर्जना गर्नुहोस् र तिनीहरूमा प्रतिबिम्बित गर्नुहोस् । यसले जीवनमा गतिशीलतामा ल्याउँछ। साथै, उत्साह पनि भर्नेछ ।

Like