WKKO अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपालका खेलाडीको शानदार प्रदर्शन
रासंसा/काठमाण्डौ, पौष २१,
भारतको झारखण्ड राज्यस्थित राँची शहरमा ३ र ४ जनवरी २०२६ मा सम्पन्न WKKO International Fullcontact Karate Championship–2026 मा नेपाल Kyokushin-Seishin Karate (WKKO-Nepal) टोलीले उल्लेखनीय सफलता हासिल गरेको छ। विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडीहरूले कुल ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जित्न सफल भएका छन्।
स्वर्ण पदक जित्ने खेलाडीहरूमा
१. स्यानी सिंह (ओपन वेट)
२. प्रबिन माझी (६० केजी)
३. भुपेन्द्र बहादुर ओली (५५ केजी)
४. निग्मल तामाङ (१३–१४ वर्ष उमेर समूह)
५. मञ्जु बीके (लेडीज ओपन)
६. बिन्दु चौधरी (५५ केजी)
७. मनिता राई (५० केजी)
८. अञ्जिला श्रेष्ठ (१८ वर्ष मुनि उमेर समूह) रहेका छन्।
त्यसैगरी रजत पदक विजेतामा
१. बिकाश गुरुङ (ओपन वेट)
२. बिष्णु थापा मगर (६० केजी)
३. निशा केसी (लेडीज ५० केजी) छन्।
कांस्य पदक प्राप्त गर्ने खेलाडीहरूमा
१. रबिन्द्र लोहार (ओपन वेट)
२. अभय राउत (५० केजी)
३. अनिशा गोले (१३–१४ वर्ष उमेर समूह)
४. प्रकृति लिगल (११–१२ वर्ष उमेर समूह) रहेका छन्।
उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोली World Kyokushin Kai Karate Federation का उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काइकान कराँते संघ का अध्यक्ष एवं नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठ को नेतृत्वमा ३२ जनाकाे टाेलीकाे सहभागी भएको थियो।
उक्त नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका खेलाडीहरूको विदाई कार्यक्रम राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यकारी सदस्य भानुबहादुर चन्द, बोर्ड सदस्यहरू जगत सिंह धामी, हिमाल श्रेष्ठ, जगत तमटा तथा नेपाल कन्ट्याक्ट कराते महासंघका पदाधिकारीहरूले शुभकामना सहित भव्य विदाई गरिएकाे थियाे।
नेपाली खेलाडीहरूको यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्योकुशिन सेईसिन कराँतेको स्तर र क्षमतालाई थप उजागर गरेको छ। यस सफलताले आगामी दिनमा नेपाली खेलाडीहरूलाई अझ ठूलो प्रेरणा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालकाे तर्फबाट मुख्य जुरीमा शिहान अशाेक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्रीहरुमा सन्ताेष गुप्ता, राजकुमार तामाङ, जयराम तामाङ, सम्पूर्ण महर्जन, छविलाल खड्का तथा अफिसियलमा राजन तामाङले सहभागता जनमएकाे थियाे।