आज क्रिसमस-डे (Christmas) मनाइदै
रासंसा/काठमाण्डौ, पौष १०,
येशूको जन्म भयो, ख्रीष्टमसको बेला,
प्रेम र शान्ति ल्याउन, उहाँ आउनुभो होला।
क्राइस्टको जन्म दिनको शुभकामना ।
Jingle bell, jingle bell, jingle bell rock
Jingle bells swing and jingle bells ring
Snowing and blowing up bushels of fun
Now the jingle hop has begun.
क्रिसमसको बेलामा जिंगल बेलको खुबै कुरा हुन्छ । यो एक प्रकारको जिंग जिंग गरेर आवाज निकाल्ने घन्ट हो, जसमा सैयौं सख्याँमा घन्टहरू राखेर क्रिसमसका बेला बजाइन्छ । औधौगीक क्रान्ति पछिका वर्षहरूमा गाडी या गाडाहरूमा यस बेल राखेर बाटामा हिँड्ने मान्छेहरूलाई जनाउ दिइने गरिन्थ्यो । काला जाती र गोरा जाती दुवैले एकै पटक गाइएको पहिलो गीतको रूपमा लिइने क्रिसमसको यस जिंगल बेल गीतका साथै यस वर्षको क्रिसमसको अनेक शुभकामना । इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् या पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो ।
क्रिसमसको शुभकामना ! मेरी क्रिसमस !
आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू सौहार्द्यता तथा खुसीयालीको चाड क्रिसमस मनाउँदै छन् । सम्भवतः संसारभरि धेरै देशहरूमा एकै दिन अर्थात् आजैको दिन चारैतिर सार्वजनिक बिदा हुने गर्दछ । विदेश तिर धेरैजसो ठाउँमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरू हिउँसँग जोडिएका छन् । क्रिसमसको यो पावन पर्वको उल्लास एउटा क्रिसमस गीतको सरल नेपाली अनुवादबाट सुरु गरौंः
बाहिर को चिसो भयावह छ तर बालेको आगो न्यानो छ
आज जानुपर्ने कुनै ठाउँ छैन, पारिदेऊ हिउँ पारिदेऊ
अँङ्गेना छेउ बस्या छु, हिउँ नरोकिए पनि ठिकै छ
भुट्नलाई मकै ल्याएको छु
सेन्टा क्लसले इच्छा पूरा गरिदिनेछन्, सबैलाई मेरी क्रिसमस !
विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।
अङ्ग्रेजी पढ्दा हामी नेपालीहरू सबैले ए फर एप्पल बी फर बल गरी पढेका हौँ, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौँ । सानो धुपी कोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात् क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद बिक्री गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरू तयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ । चाडबाडमा परम्परागत रूपमा जनावरहरू मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरू खान कालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरूलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरूले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरू काटेर सङ्ख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ । क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठुलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अङ्ग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको ‘Snow Man’ विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।
हेर न हेर सृष्टिको सुन्दरता
यसलाई बनाउने प्रभुको महानता
धनी र गरिब सबै मिलेर
भन्न सक्छौँ, प्रभु धन्यवाद
चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृति, सौहार्द्यता अनि नितान्त खुसीको अभिव्यक्तिका रूपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बीहरू छन् । वहाँहरू लगायत सबैको लागि यो महान् क्रिसमस रमाइलो होस् ।
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । यद्यपि, आजभोलि क्रिसमस कुनै निश्चित धर्म वा भूगोलको परिधिमा सीमित छैन । त्यसैले हरेक वर्ष डिसेम्बर २५ तारिकका दिन सारा विश्व क्रिसमसको उल्लासमा रमाएको हुन्छ । यसरी भव्य रुपमा मनाइने चाड शुरु कसरी भयो होला ? सान्टा क्लसको महत्व के हो ? क्रिसमस ट्री किन अपरिहार्य छ ? लगायत जिज्ञासा धेरैको मनमा होला । क्रिसमसको इतिहास र यस सम्बन्धी केही रोचक तथ्यहरु पस्किएको छ ।
यशु अर्थात् जिजसको जन्मदिन यकिन रुपमा कसैलाई थाहा छैन । यो एउटा नसुल्झिएको रहस्य हो । यदि यसो हो भने २५ तारिकलाई उनको जन्मोत्सवका रुपमा किन मनाइएको त ? प्रश्न जायज छ । आज क्रिसमस डे हो । यो चाड नेपालको होइन तर, आजभोलि यहाँ पनि निकै महत्वका साथ मनाइन्छ । क्रिसमस नजिकिँदै गर्दा पसलहरुमा देखिने सान्टा क्लसको लुगा र टोपी, क्रिसमस ट्री र त्यसलाई सजाउने सामाग्रीहरु आदिले पनि यो कुराको पुष्टि गर्दछन् । आफ्ना आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठोमसिनो खाने, क्रिसमस ट्री राखेर घरलाई सजाउने, उपहार आदानप्रदान गर्ने आदिजस्ता क्रियाकलाप मार्फत् मनाइने क्रिसमसलाई ईसाई धर्मावलम्बीहरुले जिजस क्राइस्टको जन्मोत्सवका रुपमा मनाउँदै आएका छन् । एउटा लोकप्रिय किंवदन्ती के छ भने, मेरी अर्थात् यशुकी आमाले २५ मार्चका दिन थाहा पाएकी थिइन् कि उनको गर्भबाट एक विशेष बच्चाको जन्म हुनेवाला छ । त्यसैले, आमाको गर्भमा आएको ठीक ९ महिनापछिको दिन अर्थात् २५ डिसेम्बरमा उनको जन्म भएको हुनसक्ने अनुमान छ । केही ईसाई धर्मावलम्बीहरु यही दिन विश्वको निर्माण भएको विश्वास पनि राख्छन् । सन् ३३६ मा तत्कालीन रोमन सम्राट कन्स्ट्यानटिनले पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाएको इतिहासले देखाउँछ । २५ डिसेम्बरदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले अँध्यारोमाथि उज्यालोको विजयका रुपमा पनि यस दिनलाई लिने गरिएको छ ।
सन् २८० मा टर्कीमा जन्मिएका सेन्ट निकोलस नामक ईसाई भिक्षु आफ्नो उदारताका लागि निकै लोकप्रिय थिए । आफ्नो सबै सम्पत्ति दान गरेर गरिब, रोगी तथा बालबालिकाको मद्दतका लागि गाउँगाउँ चहार्थे । उनले महिलाहरुलाई दासत्वबाट मुक्त गराएको पनि बताइन्छ ।
विस्तारै उनको उदारताको उदाहरण यूरोप, अमेरिकातिर पनि फैलियो । डच भाषामा उनलाई सिन्टर क्लास भनेर बोलाइन्थ्यो । यही नामको अपभ्रंस भएर ‘सान्टा क्लस’ भन्न थालिएको हो । क्रिसमसमा ‘क्रिसमस ट्री’ अनिवार्य छ । यस दिन प्राकृतिक या कृत्रिम रुखलाई घरको बैठक कोठामा राखेर साजसज्जा गरिने चलन छ । रुख राख्ने चलन प्राचीन रोमन सभ्यतादेखि नै चलिआएको विश्वास छ । अहिले पनि सान्टा क्लसलाई दानी, उदार र सफा हृदय भएको पात्रका रुपमा चिनिन्छ । बालबालिकाहरु सान्टा क्लसलाई खुब मन पराउँछन् । रातो सुट र टोपी लगाएको मोटोघाटो, सेताम्मे कपाल र दारीजुँगा भएको सान्टा क्लसले आफ्नो धोक्रोमा क्रिसमस गिफ्ट बोकेर ल्याउने र सबैको घरघरमा बाँड्दै हिँड्ने चलन रहिआएको छ । सदावहार रहिरहने यस किसिमको रुखले वसन्त ऋतुलाई सङ्केत गर्दछ । मध्य जाडो याममा यस्तो रुख राख्नुले वसन्त ऋतु फर्किन्छ भन्ने आशावादी सोच झल्काउँछ । क्रिसमसका दिन घरको चिम्नी नजिकै मोजा झुण्ड्याउने चलन छ । सुन्दा अचम्म लाग्ने यो चलन खासमा संयोगवश शुरु भएको हो । किंवदन्ती के छ भने, एक गरिब व्यक्तिसँग आफ्ना ३ छोरीको विवाहमा दाइजो दिनका लागि पर्याप्त पैसा नै थिएन । यो कुरा थाहा पाएर एकरात सेन्ट निकोलसले उनीहरुको चिम्नी नजिकै सुकाइएको मोजामा सुनको सिक्काले भरिएको पोको राखिदिएका थिए । सो दिनदेखि चिम्नी नजिकै मोजा सुकाउने चलन रहन गयो । अहिले पनि सान्टा क्लसलाई दानी, उदार र सफा हृदय भएको पात्रका रुपमा चिनिन्छ । बालबालिकाहरु सान्टा क्लसलाई खुब मन पराउँछन् । रातो सुट र टोपी लगाएको मोटोघाटो, सेताम्मे कपाल र दारीजुँगा भएको सान्टा क्लसले आफ्नो धोक्रोमा क्रिसमस गिफ्ट बोकेर ल्याउने र सबैको घरघरमा बाँड्दै हिँड्ने चलन रहिआएको छ । हामीले देखिरहेको गोलो क्रिसमस मालाले खासमा जिजस क्राइस्टलाई मृत्युदण्ड दिइँदा उनले लगाएको ताजलाई जनाउँछ । उनको ताज काँडाहरुले बनेको जस्तो देखिन्थ्यो । ठीक त्यही आकार यस मालाको पनि रहेको छ । र, मालामा उनिएका ससाना राता फलहरुले क्राइस्टले बगाएको रगतलाई प्रतिबिम्बित गर्दछन् । हरेक वर्ष क्रिसमसका वेला हुलाकमा बालबालिकाहरुले सान्टा क्लसका लागि लेखेका चिठीहरुको ओइरो लाग्ने गरेको छ । छोराछोरीहरुले सान्टा क्लसको उत्तर किन आएन भन्दै अभिभावकलाई दिक्क लगाउँछन् भने चिन्ता नलिनुस् क्यानाडाले सान्टा क्लसको नाममा छुट्टै हुलाकी कोड पनि प्रदान गरेको छ । बालबालिकाहरुलाई निराश नबनाउनका लागि क्यानाडाको हुलाकी सेवाले उनीहरुको चिठीको उत्तर पनि आफै लेखेर सान्टा क्लसको ठेगानाबाट पठाउने गरेको छ ।