आज एमाले महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
रस्संसा/काठमाण्डौ, मार्ग २८,
मुलुकमा नेकपा एमालेको शनिवारदेखि सुरु भएको महाधिवेशन अन्तर्गत आइतबारदेखि भृकुटीमण्डपमा बन्दसत्रको कार्यक्रम रहेको छ । उक्त बन्दसत्रअघि भृकुटीमण्डपमै केन्द्रीय समिति बैठक बसेको छ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमार्फत ३०१ केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा अध्यक्ष केपी ओली दोहोरिने दाउमा छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिएका छन् । एमालेले निर्माण गरेको संरचना अनुसार ३०१ जनाबाटै १९ पदाधिकारी पनि निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुनेछन् । त्यस्तै प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट नौ जनाका दरले ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विधान महाधिवेशनले पारित गरेको पार्टीको विधान ३ महिना नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल संशोधन गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले चर्को असन्तुष्टि जनाएको छ । यो निर्णयले एमालेको विधान महाधिवेशनको औचित्यमाथि मात्र होइन, यसैगरी राजनीतिक पार्टीहरूका विधान नेताले आफू अनुकूल संशोधन गर्दै जाने हो त ? भन्ने गम्भीर प्रश्न उठ्न पुगेको छ । विधान संशोधन प्रस्तावप्रति एमाले नेताहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले विरोध गरेका थिए । महाधिवेशनको दोस्रो दिन आइतबार महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षले आफू निकटका नेताहरूमार्फत एजेन्डा प्रवेश गराएर विधान संशोधन गराएको असन्तुष्ट पक्षको आरोप छ । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र राखेका छन् । शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र राख्न दिने सहमति भएको थियो । पोखरेलको अवधारणा पत्रमा पार्टीको लोकतान्त्रिकरण माथि प्रश्न उठाइएको छ । बन्द सत्रको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो । पोखरेलले बन्द सत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको अवधारणा पत्र वाचन गरेका हुन् । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ । राजधानीको प्रदर्शनमार्गस्थित भृकुटीमण्डपमा आइतबार दिउँसोदेखि बन्दसत्र सुरु भएको हो । यस्तै अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन् भने त्यसपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिकालगायत पेस हुनेछ । बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् भने बन्दसत्रमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । नेकपा एमालेको बन्दसत्र सुरु भएको छ । आइतबार दिउँसो साढे ३ बजेदेखि भृकुटीमण्डपमा एमालेको बन्दसत्र सुरु भएको हो । केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ । यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो । नेकपा एमालेले विधि–विधानमाथि छलफल गर्न र आवश्यक संशोधन गर्न भन्दै गत भदौमा विधान महाधिवेशन आयोजना गरेको थियो । महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गर्न तथा विधि–विधानमाथि व्यापक छलफल गरी आवश्यक निर्णय लिन भन्दै एमालेले महाधिवेशन अघि विधान महाधिवेशन आयोजना गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी संख्या घटाउने विधान महाधिवेशनको निर्णयलाई उल्टाएको हो । विधान महाधिवेशनले १९ जना पदाधिकारी रहने व्यवस्थालाई संशोधन गर्दै १५ जनामा सीमित राख्ने निर्णय गरेको थियो । गत भदौमा सम्पन्न विधान महाधिवेशनले गरेको निर्णयलाई महाधिवेशन उदघाटन भइसकेपछि बसेको केन्द्रीय समितिको बैठकबाट उल्टाएर एमालेले विधान महाधिवेशनको औचित्यमै प्रश्न खडा गरिदिएको छ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि बन्दसत्र भृकुटीमण्डपमा सुरु हुने बताए । केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ । यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो । नेकपा (एमाले)मा केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने आवाज उठेको छ। गौतमले अन्डर–४० को प्रतिनिधित्वका लागि आवश्यक क्लस्टर कसरी बनाउने भन्ने विषयमा अन्तिम निर्णय बाँकी रहेको बताए। उनले पुराना विद्यमान क्लस्टरहरूभित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको जानकारी दिए। यस विषयमा केन्द्रीय कमिटी सदस्यहरूको विशेष जोड रहेको र अन्तिम निर्णय छलफलपछि गरिने उनको भनाइ छ। एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपस्थित बन्दसत्र हलमै आइतबार बसेको केन्द्रीय समिति बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकभित्र युवाको प्रतिनिधित्व बढाउनुपर्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिए। उनका अनुसार ४० वर्षभन्दा कम उमेर समूहको प्रतिनिधित्व १५ प्रतिशतसम्म हुनुपर्ने आवाज बैठकमा उठेको हो। नेकपा (एमाले)ले विधान संशोधन गर्दा केन्द्रीय कमिटीको आकार नघटाउने निर्णय गरेको छ । भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले १० औँ महाधिवेशनले तय गरेको साङ्गठनिक संरचनालाई नै निरन्तरता दिने निर्णय गरेको हो । ‘पोलिटब्युरो बैठकमा पनि मैले यो विषय उठाएको थिएँ, तर त्यसबेला सुनुवाइ भएन,’ नेता खरेलले भने- ‘आजको केन्द्रीय कमिटी बैठकमा मैले पुनः त्यही कुरा उठाएँ र फ्लोरबाट धेरै साथीहरूले समर्थन जनाउनुभयो।’ बैठकमा पोलिटब्युरो सदस्य अग्नि खरेलले केन्द्रीय कमिटीको सङ्ख्या घटाउने प्रस्ताव व्यावहारिक नहुने भन्दै पुरानै व्यवस्था कायम राख्नुपर्ने प्रस्ताव राखेका थिए । उनले यसअघि बसेको पोलिटब्युरो बैठकमा पनि सङ्ख्या घटाउने विषयमा असहमति जनाएका थिए । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ मा झारेको थियो। तर, अहिले पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएर पुनः १९ पुर्याएका हुन् । एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहेको छ। महाधिवेशन बन्दसत्र स्थलबाहिर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । भृकुटीमण्डपमा भित्र केन्द्रीय कमिटीको बैठक चलिरहँदा बाहिर महाधिवेशन प्रतिनिधि र कार्यकर्ताबिच भावी नेतृत्वको बारेमा छलफल चलिरहेको छ। नेकपा एमालेको महाधिवेशन चलिरहेका बेला जेनजी फ्रन्टकी संयोजक रक्षा बमले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्र लेख्दै तत्कालीन सरकारको नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वको नैतिकताबारे गम्भीर प्रश्न उठाएकी छन्। उनले एमालेका प्रतिनिधिहरूलाई सेप्टेम्बर ८ अर्थात् भदौ २३ को घटना पुनः स्मरण गराएकी छन्। भदौ २३ एउटा सामान्य मिति नभएको बताउँदै उनले लेखेकी छन्, ‘त्यस दिन तानाशाही व्यवस्थाविरुद्ध, आफ्नो संवैधानिक हकका खातिर संवैधानिक अधिकारको प्रयोग गर्दै, एउटा उमेर समूह अर्थात् जेनजी पुस्ता सडकमा उत्रिएको थियो। तर निरङ्कुश सरकारले निहत्था विद्यार्थीहरूमाथि गोली बर्सायो। कलिला युवाहरू जो सुन्दर भविष्यका सपना देखिरहेका थिए, उनीहरूको हत्या गर्यो।’ संयोजक बमले विशेष परिस्थितिमा समयभन्दा एक वर्षअगाडि भइरहेको महाधिवेशनमा प्रतिनिधिहरूले पार्टीको अध्यक्ष र पदाधिकारी मात्र नभई, देशकै ठुलो दलको नेतृत्व छानिरहेको भन्दै उनीहरूको मतको महत्त्वमाथि जोड दिएकी छन्। महाधिवेशनकै क्रममा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले पेस गरेकाे पदाधिकारी सङ्ख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको छ । विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएका हुन् । यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि कार्यान्वयनमा जानेछ। अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको हो । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् । केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्सीय बनाउने प्रस्ताव अघि सारेका छन् । तर ओलीको यो प्रस्तावलाई ईश्वर पक्षको अस्वीकार गर्दै आएको छ । जारी केन्द्रीय कमिटी बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका छन् । बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो । बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने क्रममा रहेको छ । शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा सुरु हुन लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमवार समापन हुने गरी नयाँ केन्द्रिय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ । बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ भने हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बिहान ९ बजेदेखि केन्द्रीय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र दिउँसो साढे १२ बजे सुरु हुने तयारी छ । नेकपा एमालेको महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमै जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउने रणनीति अघि सारेका छन्। उनले यो प्रस्ताव प्रत्यक्ष रूपमा आफैंले नगरी निकटस्थमार्फत यसका लागि माहोल बनाइरहेको एक नेताले बताए । सोहीअनुसार अनुसार, केन्द्रीय सदस्य खिमलाल देवकोटा र शेरबहादुर तामाङलगायतका नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष बनाउने गरी पदाधिकारीको आकार बढाउन बैठकमा प्रस्ताव गरेका छन् । यो प्रस्ताव केन्द्रीय समिति बैठकमा छलफलको विषय बनेको छ। आइतबारको बैठकमा विधान संशोधन गरेर अघि बढ्नुपर्ने वा पहिलेकै विधानलाई कार्यान्वयन गर्नुपर्ने भन्नेबारे ओली निकटका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन्। सिधै आफूले प्रस्ताव ल्याउँदा विरोध हुनसक्ने भएकाले ओलीले बैठकमा आफू निकटस्थलाई विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने गरी धारणा राख्न लगाएको ती नेताको भनाइ छ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, ‘आत्मआलोचनाका नाममा अरुका एजेन्डा बोकेर हिँडेका छन्। हामी त्यही एजेन्डा बोकेर हिँडेका छौँ। तत्कालीन प्रधानमन्त्री (म) लाई कारबाही गर्नु पर्यो भनेर माग गर्ने ?’ उनले आफूलाई कारबाहीको माग गर्ने कुरा विपक्षी पार्टी र मिडियाले समेत भन्न नसकेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमा समेटेको भन्दै रोष प्रकट गरेको एक नेताले बताए । पोखरेलले सार्वजनिक रुपमै ओलीले जेनजी आन्दोलनबारे गठन भएको छानबिन समितिमा बयान दिनुपर्ने बताएका थिए । उनले कोही दोषी भए कारबाहीको भागीदार हुनुपर्ने समेत बताउँदै आएका छन् । आत्मआलोचना र प्रतिवेदनका नाममा आफूमाथि प्रहार गर्ने प्रयास गरेको भन्दै ओलीले कटाक्ष गरेका हुन्। उनले अरुको एजेण्डा बोकेर आफूमाथि प्रयास गर्ने प्रयास भएको समेत बताए । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरुकाे कार्ड महाधिवेशन स्थलको बाहिरी गेटमा वितरण सुरु गरिएको छ । प्रतिनिधि कार्डमा नाम, विवरण वा अन्य विवरण सच्याउन कार्ड दिएका प्रतिनिधि तथा मनोनीत प्रतिनिधिले तोकिएको स्थानमा पुगेर कार्ड लिन सक्ने व्यवस्था गरिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन् । ओली भृकुटीमण्डप पुगेसँगै केन्द्रीय कमिटी बैठक केही समयमा सुरु हुने भएको छ । बन्दसत्र १२ः३० बजेका लागि सार्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक केही ढिलो हुन पुगेको हो । बिहान ९ बजेका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अझै बस्न सकेको छैन । बन्दसत्र १२ः३० बजेका लागि सार्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ । अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक विलम्ब हुन पुगेको हो । बैठकमा ढिलाइ भएपछि भृकुटीमण्डप पुगेका केन्द्रीय सदस्यहरू घाम तापेर गफिइरहेका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशन बन्द सत्र स्थल बाहिर केही नेताहरू आफ्नै प्रचार गर्न व्यस्त देखिएका छन् । प्रचारमा नेताहरूले नयाँ नयाँ शैली अपनाइरहेका छन् । बन्दसत्र बाहिर सुरेन्द्र पाण्डेको निजी सचिवालयले फाइल भित्र पुस्तक, मफलर र स्टिकर राखेर बढिरहेको छ । ११औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाए । ओलीले बोलाएका नेतत्रय ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । स्रोतका अनुसार गुण्डुमा करिब ४ घण्टा भएको छलफलमा महासचिव शंकर पोखरेलले आफू महासचिवको उम्मेदवार बन्नबाट पछि नहट्ने अडान राखेका थिए । जवाफमा पृथ्वी सुब्बा गुरुङले पोखरेल महासचिव भएर एक कार्यकाल बिताएकाले महासचिव पद आफूलाई छाड्नुपर्ने आशय व्यक्त गरेका थिए । उता प्रदीप ज्ञवाली दुवै जना अन्य पदमा प्रतिस्पर्धा गरेर आफूलाई महासचिव बनाउन प्रस्ताव गरेका थिए । तीनै जनाले महासचिव दाबी गरेपछि अध्यक्ष ओलीले सहमति जुटाउन तीन नेतालाई बोलाएर छलफल गरेका हुन् । तर उक्त छलफलमा नेताहरूले अडान नछाड्दा सहमति जुट्न नसकेको स्रोतको दाबी छ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।