आकर्षक गन्तव्य बन्दै धार्मिकि पर्यटकिय क्षेत्र झापाको कीचक वध

Share to:

रासंसा/झापा, मार्ग १८,

मुलकमा भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक धार्मिक स्थल कीचक वध हो, जहाँ भीमसेनले कीचकको वध गरेका थिए। देवनीया र मेची नदीको किनारमा अवस्थित यस क्षेत्रमा पुरातात्त्विक वस्तुहरू फेला परेका छन्, जसले यसको महत्व दर्शाउँछ। उत्खननबाट भेटिएका पुरातात्त्विक संरचनाहरू मध्ये केही बाहिर हेर्न मिल्ने गरी राखिएका छन्, र यो क्षेत्र अहिले पर्यटकहरूको लागि गन्तव्य बनेको छ। भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, कीचक वध । महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमसेनले यहीँ स्थानमा कीचक राक्षसको वध गरेका थिए। कीचक वध क्षेत्र करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा पुरातत्त्व विभागले विभिन्न चरणमा उत्खनन समेत गरेको छ। यसरी उत्खनन गर्दा विभिन्न पुरातात्त्विक संरचना तथा सामग्रीहरू समेत भेटिएको छ । सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणमा देवनीया र मेची नदीको किनारमा अवस्थित यो क्षेत्रमा थुप्रै पुरातात्त्विक वस्तुहरू रहेका छन्। यहाँ एउटा षट्कोणको आकारमा पोखरी निर्माण भएको छ। जसको छेउबाट देवनीया नदी बगेको छ। उत्खनन गरिएका अन्य स्थानहरू पुनः सुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ। यस क्षेत्रमा पुरातात्त्विक उत्खनन गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। अहिले यो क्षेत्र धार्मिक लगायत बिदा मनाउन र वनभोजका लागि आउनेहरूका लागि राम्रो गन्तव्य बनेको छ।

Like