काठमाडौंमा पहिलो पटक गंगाचिल आगमन
काठमाण्डौ कार्तिक १७
जाडो याममा नेपाल आउने आगन्तुक चरा कालो टाउके गंगाचिल पहिलो पटक काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा देखा परेको छ । अंग्रेजीमा ब्ल्याक हेडेड गल भनिने यी चरा प्रायजसो नेपालको राराताल, चितवन कोशीटापुमा देखापर्ने गर्छन् । चरा पहिलो पटक काठमाडौँको थापाथलीस्थित बागमती किनारमा देखापरेका हुन् । यी चराको मुख्य आहारा कीरा फट्याङ्ग्रा र माछा रहेका छन् ।
Like