संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
रासना/काठमाण्डौ, चैत्र १८,
मुलुकमा संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय गरेको छ भने त्यस्तै बैठकले म्यानमारमा हालै गएको भूकम्पबाट पीडितहरुलाई राहत सामग्री प्रदान गर्ने निर्णय पनि गरेको छ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मङ्गलवार राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
Like