प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
रासंसा/काठमाण्डौ, चैत्र ११,
मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेक (बङ्गालको खाडीको प्रयासका लागि बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग) शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन्। उनका अनुसार प्रधानमन्त्री ओलीले २०८१ चैत १९ देखि २३ गतेसम्म बैंककमा हुने बिमस्टेक छैटौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागिता जनाउनेछन्। परराष्ट्रमन्त्री डा. आरजु राणा सहित अन्य मन्त्रीहरु समेत सो प्रतिनिधि मण्डलमा रहनेछन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले बिमस्टेक सम्मेलनमा सहभागी हुन जाने सम्पूर्ण प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए। बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको उपस्थिति रहने छ। नेपालले यस सम्मेलनलाई दुवै पक्षीय र बहुपक्षीय सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।