पूर्वमुख्यसचिव तथा सचिवसँग शेखरले गरे छलफल
रासंसा/काठमाण्डौ, चैत्र ९,
मुलुकमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सचिवहरूसँग छलफल गरेका छन्। छलफलमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीसहित पूर्वसचिवहरू भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला, पूर्णचन्द्र भट्टराईलगायत सहभागी थिए। कोइरालाले शनिबार (आज) काठमाडौंमा नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भूराजनीति तथा सांस्कृतिकजस्ता विषयमा सचिवहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। यस्तै कांग्रेसका नेता डा. चन्द्र भण्डारी पनि सहभागी थिए।
Like