आज विश्व कविता दिवस, SEE २०८१-अनिवार्य नेपाली
रासंसा/काठमाण्डौ, चैत्र ८,
विश्व कविता दिवस
कविता सधैं भावनाहरूलाई जोड्ने, विविधतालाई सम्मान गर्ने र एकअर्काबीच समझदारी र सद्भावना निर्माण गर्ने सशक्त माध्यम रहँदै आएको छ। यस वर्षको नाराले कविता मार्फत विभिन्न संस्कृति, समुदाय र दृष्टिकोणलाई नजिक ल्याउने, समानता र ऐक्यभावको सन्देश फैलाउने र सबैलाई समेट्ने वातावरण सिर्जना गर्ने उद्देश्यलाई प्राथमिकता दिएको छ। विश्व कविता दिवस (World Poetry Day) हरेक वर्ष मार्च २१ तारिखमा मनाइन्छ। यस दिवसको शुरुवात सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) ले गरेको हो। यस दिवस मनाउने उद्देश्य कविता मार्फत भाषिक विविधता प्रवर्द्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभरका कविहरूको योगदानलाई सम्मान गर्ने हो। “Poetry as a Bridge for Peace and Inclusion” सन् २०२५ को विश्व कविता दिवसको नारा ूशान्ति र समावेशिताका लागि कविता एउटा सेतुका रूपमा भन्ने रहेको छ। यस नाराले शान्ति, समावेशिता र सिर्जनशीलता प्रवर्द्धन गर्न कविताले खेल्ने रूपान्तरणकारी भूमिकालाई उजागर गर्ने उद्देश्य राखेको छ। यस अवसरमा विश्वभर र नेपालमा पनि कविता वाचन, काव्य गोष्ठी, रचनात्मक कार्यशाला र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै शान्ति र समावेशिताको सन्देश प्रवाह गरिन्छ। कविता मार्फत सकारात्मक संवाद, प्रेम र एकताको भावना बलियो बनाउने यो अभियानले विश्वव्यापी रूपमै नयाँ ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ।
एसइई परीक्षा २०८१
एसइई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । तालिका अनुसार चैत ८ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ भने गैर नेपाली बिधार्थीका लागि एच्छिक अग्रेजी बिषयको परीक्षा हुनेछ । यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।