माओवादीको झापा, मोरङ र सुनसरीको अभियानपश्चात समिक्षा

Share to:

रासंसा/मोरङ, फाल्गुण १६,

मुलुकमा कोशी प्रदेश अन्तर्गत झापाको कचनकवलबाट चार दिन अगाडि सुरु भएको माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित पूर्व–पश्चिम तराई–मधेस जागरण अभियान बिहीबार साँझ मधेस प्रदेश प्रवेश गरेको छ । उनले जनतामा एउटा सकारात्मक भाव पैदा भएको आफूले पाएको चर्चा गरे । ‘मैले झापा र मोरङमा झल्कोचाहिँ ०६४ सालको जस्तै पाएको छु,’ उनले भने ।उनले जनतामा एउटा सकारात्मक भाव पैदा भएको आफूले पाएको चर्चा गरे । ‘मैले झापा र मोरङमा झल्कोचाहिँ ०६४ सालको जस्तै पाएको छु,’ उनले भने । कोशी प्रदेशमा तराई–मधेस क्षेत्रका तीन जिल्ला केन्द्रित गरेर भएको यो अभियान उत्साहजनक रहेको माओवादी नेताहरू बताउँछन् । अभियानको प्रारम्भिक समीक्षा गर्दै बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘झापा र मोरङको अनुभव निकै नै उत्साहवर्द्धक रह्यो ।’ अध्यक्ष प्रचण्डले ०६४ को झल्को देखेको यो पहिलो पटक भने होइन । केही महिना अगाडिदेखि नै प्रचण्डले ०६४ को झल्को देखेको भनिरहेका छन् । झापामा आयोजित केही कार्यक्रमबाटै उत्साहित भएका प्रचण्ड तथा माओवादी नेताहरू गत मंसिरमा सम्पन्न उपनिर्वाचनबाट झनै उत्साहित छन् । झापामा सानाठुला गरी ७ वटा कार्यक्रम भएको थियो । त्यस क्रममा ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता अन्य पार्टीबाट माओवादीमा प्रवेश गरेको माओवादीको दाबी छ । अहिले सुरु भएको अभियानमा देखिएको कार्यकर्ताको उत्साहपूर्ण सहभागिताले प्रचण्ड लगायत नेताहरू पनि हौसिएका देखिन्छन् । दोस्रो दिन मोरङमा तीन ठुलो खबरदारी सभा र आधा दर्जनभन्दा बढी भेटघाट कार्यक्रम गरेको माओवादीले यस क्रममा झण्डै ३ हजारभन्दा बढी नेता–कार्यकर्ता आफ्नो पार्टीमा भित्रिएको दाबी गरेको छ । अभियानको सुरुका दिनदेखि नबिराइ प्रत्येक कार्यक्रममा हिँडिरहेका माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष नेम्वाङ झापा र सुनसरीमा आन्तरिक एकतामा केही समस्या देखिएको भए पनि मोरङमा धेरै राम्रो कार्यक्रम भएको दाबी गर्छन् । अभियानको विषयमा प्रारम्भिक समीक्षा गर्दै माओवादी नेता तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले अभियान उदघाटनको दिन उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएको विषयले केही नराम्रो भए पनि समग्रमा कार्यक्रम सफल भएको बताए । यस्तै चौथो दिनको सुनसरीको अभियानबाट पनि ५ सयभन्दा बढी अन्य पार्टीका कार्यकर्ता पार्टीमा भित्रिएको माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो बताउँछन् । ‘प्रेसर अध्यक्षलाई बढी भयो । झापादेखि सुनसरीसम्मका दुई दर्जनभन्दा बढी कार्यक्रममा समावेश हुँदा जनताको अपार साथ र समर्थन देखियो,’ गजुरेलले भने, ‘झापाको उद्घाटनमा केही असन्तुष्टिले अलि खल्लो भयो ।’ अभियानको सुरुका दिनदेखि नबिराइ प्रत्येक कार्यक्रममा हिँडिरहेका माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष नेम्वाङ झापा र सुनसरीमा आन्तरिक एकतामा केही समस्या देखिएको भए पनि मोरङमा धेरै राम्रो कार्यक्रम भएको दाबी गर्छन् । जनताको आकर्षण बढेको देखिएको गजुरेलको भनाइ छ । ‘अध्यक्षले भन्नुभएको जस्तै ०६४ को झझल्को चाहिँ देखिएको छ । मैले आफूले सोचेभन्दा राम्रो भयो,’ उनले भने । ‘सानासाना धेरै कार्यक्रम भएका छन् । हामीले ५ हजार मानिसलाई प्रवेश गराउने लक्ष्य राखेका थियौँ । त्यो करिबकरिब पूरा भएको छ,’ उनले भने । अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीको टोली सहभागी छ । माओवादीको पुस २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । उक्त अभियान जनतातिर फर्किने खालको हुने माओवादीको दाबी छ । त्यसमध्ये अन्य पार्टीमा रहेका पुराना माओवादीलाई फर्काउने लक्ष्य पनि धेरै हदसम्म पूरा भएको नेम्वाङ बताउँछन् । उनले भने, ‘अहिले सबै समीक्षा गर्न बाँकी छ । झापा र सुनसरीमा केही समस्या देखियो । मोरङको हकमा एउटा उचाइमा अगाडि बढ्यौँजस्तो लाग्छ ।’ अहिलेको अभियानले एउटा आधार बनाएको जिकिर गर्दै उनले त्यसलाई व्यवस्थित ढंगले समीक्षा गरेर अगाडि बढ्दा धेरै राम्रो हुने प्रस्ट पारे । माओवादीको यो अभियान तराई–मधेसका २१ जिल्लामा केन्द्रित हुँदै कञ्चनपुरसम्म पुग्नेछ । दक्षिण भेगमा रहेका विभिन्न आदिवासी, जनजाति, मधेसी, थारु लगायतका जनतासँग एउटा अपिल गर्ने, उनीहरूको मुद्दालाई स्थापित गर्ने, भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको कारण त्यसको भण्डाफोर गर्ने, आर्थिक विकास र समृद्धिको निम्ति जनचेतना अभिवृद्धि गर्ने र समाजवादको आधार तयार गर्ने माओवादी अभियानको लक्ष्य छ । अभियान अन्तर्गत सबै कार्यक्रममा प्रचण्डले सम्बोधन छुटाएनन् । उनलाई फुर्सद हुने अवस्था पनि रहेन । बिहानको मर्निङ वाकदेखि बास बस्ने स्थानसम्म पुग्दा प्रचण्डको वरिपरि झुम्मिनेहरूको कमी पनि देखिएन । विगतमा उनीप्रति हुने आलोचना र कटाक्षहरू पनि यो पटक त्यति धेरै देखिएन । अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीको टोली सहभागी छ । माओवादीको पुस २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । उक्त अभियान जनतातिर फर्किने खालको हुने माओवादीको दाबी छ ।

Like