आजबाट काठमाण्डौका सात सडक एकतर्फी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ८,

मुलुकमा काठमाडौं हाँडीगाउँका विभिन्न रुटमा महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ। पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको थियो। हाँडी गाउँका साँघुरा सडकमा सवारी चाप हुँदा यात्रु, चालक र स्थानीयले हैरानी खेप्दै आएका थिए। सडक एकतर्फी भएपछि आउजाउमा सहज हुने स्थानीयको विश्वास छ। सडक चाप घटाउन हाँडीगाउँमा प्रत्येक शनिबार सवारी साधन पूर्णरुपमा निषेध गर्दै आएको थियो।
१) काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२) विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाउने ।
३) हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।
४) नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५) ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।
६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।
७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

Like