जसपा नेपालको अध्यादेशको पक्षमा उभिने सङ्केत, अन्तिम निर्णय बिहीबार

Share to:

रासंसा/काठमाण्डौ, माघ २३,

मुलुकमा अध्यादेश अध्ययन गर्न गठित जसपा नेपालको कार्यदल सरकारको पक्षमा उभिने सङ्केत गरेको छ । नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवालासहितसँगको छलफल गरे पनि प्रतिवेदन तयार गरिसकेको छैन । ‘सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशको माध्यमबाट मात्रै सरकार सञ्चालन गर्ने प्रवृत्तिको बढवा नहोस् । त्यसैलाई निरुत्साहित गर्नुपर्छ भन्ने नै हो वैचारिक सैद्धान्तिक रूपमा’, यादवले भने, ‘अध्यादेशको कन्टेनको आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएको थप अध्ययन गरेर भोलि निर्णयमा पुग्छौ ।’ बुधवार विज्ञहरूसँग समेत छलफल गरेको कार्यदल संयोजक यादवले बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउने बताए । अध्यादेशको पक्ष वा विपक्षमा उभिने भन्ने आधिकारिक निर्णय पार्टीले नै गर्ने यादवको भनाइ छ । उनले केही अध्यादेश सकारात्मक भए पनि केहीमा गम्भीर प्रकारको आपत्ति रहेको भन्दै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । ‘पार्टीको आन्तरिक कार्यदल भएकाले हामी पार्टीलाई प्रतिवेदन बुझाउँछौ र बिहीबार बस्ने संसदीय दलले निर्णय गर्छ ।’

Like