निसुल्क ८ दिने बेकरी तालिम समापन सम्पन्न
राससा/काठमाण्डौ, माघ २०,
मुलुकमा काठमाडौ महानगरपालिका वडा नं १४ र सोही वडा स्थित कलंकीमा संचालित सहारा महिला समाज केन्द्रको सयुक्त आयोजनामा निसुल्क ८ दिने बेकरी तालिम पुर्ण भइ आज समापन भएको छ । समापन कार्यक्रम सहारा महिला समाजकी अध्यक्ष बिना दाहालको अध्यक्षतामा वडा अध्यक्ष सुमन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा ३० जना कोटा भएको ५० जना सहभागी थिए । सहभागी भएका प्रशिक्षार्थिलाई प्रमुख अतिथी १४ नम्बर वडा पिता अध्यक्ष सुमन श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभएको थियो । तालिममा उत्साहजनक सहभागी प्रशिक्षार्थीहरु खुशी गरेका थिए । उपस्थित अतिथी, विशेष अतिथी, प्रमुख अतिथी सभापतिहरुले सफलताको शुभकामना मन्तब्री ब्यक्त गरेका थिए । समाजका केही गरौ भन्ने सहारा महिला समाजले यस्तै अरु अन्य कार्यक्रमहरु आयोजना गर्दै समाजमा पुर्ण सेवा गर्दै आएको सभापती एव संस्थाकी अध्यक्ष बिना दाहालले बताउनु भएको थियो ।