आज तीन घण्टा काठमाण्डौ र ललितपुरका यी स्थानमा विद्युत अवरूद्ध हुने

Share to:

रासंसा/काठमाण्डौ, पौष २०,

मुलुकमा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडर अन्तर्गतको मुलपानी पिपलबोट मुलपानीचौर नेपाल टेलिकम ब्रम्हखेल नयापाटी बागधारा आदि स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको हो। त्यहाँ पेप्सी(मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जनाएको छ। त्यहाँ विद्युतीय तार भूमिगत कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ। त्यस्तै ललितपुरमा युएन पार्क फिडर अन्तर्गत पर्ने शंखमूल, युएन पार्क, शंखमूल टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित काम समयअघि नै सम्पन्न भए तोकिएको समयभन्दा पहिल्यै विद्युत सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ।

Like