विश्व शान्ति ध्यान केन्द्रको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशन सम्पन्न

Share to:

रादंसा/काठमाण्डौ, मार्ग ३०,

मुलुकमा विश्व शान्ति ध्यान केन्द्रको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । सो समारोह केन्द्रका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक अनन्त विभुषित स्वामी कल्याणमित्र महाराजको समुपस्थितिमा भएको थियो । साधारणसभा तथा महाधिवेशनका सभापती केन्द्रका अध्यक्ष शान्तिप्रीय राम प्रसाद शर्मा र शब्द यात्रा प्रकाशनका संस्थापक अध्यक्ष बहुप्रतिभाका धनी साहित्यकार हरिमन्जुश्री अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विशेष अतिथी द्वय पशुपती अन्नपुर्णा आश्रमका केन्द्रिय सदस्य एवं धार्मिक समितिका संरक्षक माता भद्रकाली र राष्ट्रिय ज्योतिष संजिवनी यज्ञशालाका संस्थापक अध्यक्ष वरिष्ठ ज्योतिषवीद तिलकराज पौडेलको आतिथ्यता थियो । यस्तै अतिथीहरुमा शब्दयात्रा प्रकाशनका सन्चालक ममृत अधिकारी, पुर्व प्रशासक शंकर मानन्धर, भागवत्चार्य पन्डित इन्दिराज पौडेल, धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष्य मोहन प्रसाद लामिछाने, इरानी नागरिक साधक हुसेन रोबाटी (अम्मर नेपाली), विश्व हिन्दु महासंघ सुदुरपश्चिम संयोजक शिरोमणि ओझाको आतिथ्यता थियो । सभामा केन्द्रका अध्यक्ष राम प्रसाद शर्माले प्रगति विवरण तथा भावी योजना नितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष माधव अधिकारी विशेष कारणले अनुपस्थित भएको हुंदा लेखा परिक्षण प्रतिवेदन सचिव डा. के. बि. सम्राटले प्रस्तुत गर्नुभएको थियो । दुबै प्रतवेदन साधारण सभामा उपस्थित सबै किसिमका सदस्यहरुले समर्थन जनाई पारित गरेका थिए । सो महाधिवेशनले कल्याणमित्रको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचन प्रक्रियाद्वारा गठन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत मोहन प्रसाद लामिछानेले सर्वसम्मत निर्विरोध निर्वाचित पदाधिकारी घोषणा गर्नुभ्सेको थियो । निर्विरोध निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष स्वामी कल्याण मित्र, उपाध्यक्ष रुप्क खड्का, कोषाध्यक्ष डा. के. बि. सम्राट, सचिव सुमन भन्डारी रहेका छन भने सदस्यहरुमा कुसुम रेग्मी, युबिन श्रेष्ठ, जानुका ढकाल, अच्युत सापकोटा, रामहरी भन्डारी, बुद्धलक्ष्मी अंगाजा र पेमा झाङ निर्वाचित भएका छन । नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतले मोहन लमिछानेले पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथी, अतिथिहरुले आआफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष स्वामी कल्याणमित्रले संस्थाको अक्ष्यय कोष खोल्न रु पांच लाख दिने वचन बद्दता दिनुभएको छ भने योग तथा ध्यानको कक्षा लिने विदेशी पाहुना साधकसमेतलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम वरिष्ठ पत्रकार तथा उद्घोषक सहप्राध्यापक डा. के. बि. सम्राटले सभ्य र भव्यताकासाथ सन्चालन गर्नुभएको थियो ।

Like