पाँच किलो सातसय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट तीन विदेशी नागरिक पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २१,

मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार साँझ एअर अरेबियाको जाहाजबाट काठमाडौं आउँदै गरेका तीनजनालाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो। भन्सार ब्यागेज क्षेत्रमा जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा ५ केजी ७ सय ग्राम सुन फेला परेको थियो। नियन्त्रणमा लिईएका तीनै जनालाई अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ। शारजाहबाट काठमाडौ आउँदै गरेका चिनियाँ नागरिक जियान जोङ, म्यानमारका सात नायंग तुन र इ ङनो फूलाई नियन्त्रणमा लिईएको डिएसपी शैलेन्द्र थापाले बताए।

Like