बंगलादेशसँग नेपाल स्तब्ध

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १४,

मुलुकमा साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रच्ने नेपालको सपना यो पटक पनि अधुरै बनेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित बन्दै नेपाल उपविजेतामै सीमित बनेको हो । बुधबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । प्रधानमन्त्री ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरेका छन् । ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन् । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।

Like