अतिशी दिल्लीको मुख्यमन्त्री

Share to:

एजेन्सी, आश्विन ५,

मुलुकमा दिल्लीका मुख्यमन्त्रीमा अतिशी मर्लेना नियुक्त भएका छन्। उनले शनिबार मुख्यमन्त्री पदमा सपथ पनि लिएकी छन्। असोज १ गते आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। जेलबाट निस्किएका उनले दिल्लीका जनताले पुनः नजिताएसम्म आफू मुख्यमन्त्री नबन्ने घोषणासमेत गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार अतिशीलाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले सपथ खुवाएका हुन्। उनले आजै मन्त्रिपरिषद् गठनसमेत गरेकी छन्। उनले कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतलाई मन्त्री बनाएकी हुन्। उनीहरूले पनि आजै सपथ लिए।केजरिवालले राजीनामा दिएपछि आम आदमी पार्टी विधायक दलको बैठकले अतिशीलाई दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

Like