अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

१३ मन्त्रालयमा १४ मन्त्री बागमतीमा नियुक्त

Share to:

रासंसा/मकवानपुर, श्रावण १२,

मुलुकमा लामो विवादपछि बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मन्त्रीमण्डलको सङ्ख्या बढाएर मुख्यमन्त्री बहादुर सिं लामाले सरकारलाई पूर्णता दिएका हुन् । एक विना विभागीयसहित सरकारमा कांग्रेसका ८ र एमालेका ६ मन्त्री सहभागी भएका छन् । कांग्रेसभित्रको भागबन्डा नमिल्दा मन्त्रिमण्डलको सङ्ख्या बढाएर मुख्यमन्त्री लामाले सरकारलाई पूर्णता दिएका हुन् । ९ गते नै सरकारलाई पूर्णता दिने तयारी गरिए पनि कांग्रेस भित्रको आन्तरिक किचलोका कारण पटक पटक मन्त्रीको शपथ ग्रहण रोकिन पुगेको थियो । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले साउन ९ मा ९ जना र साउन १२ मा ४ मन्त्रीलाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय रहेको बागमतीमा १४ जनालाई मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री लामाले मन्त्रिपरिषद्मा शनिबार मात्र ४ मन्त्री नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री कायम भएका छन् । मुख्यमन्त्री लामाको सिफारिसमा संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख यादव चन्द्र शर्माले गरेको मन्त्रिपरिषद् पुनर्गठन एवम् कार्य विभाजनमा एमालेबाट प्रकाश श्रेष्ठ, कृष्णप्रसाद सिलवाल, अमक कुमार मास्के, सुकमाया तामाङ, प्रेमभक्त महर्जन र किरण थापालाई मन्त्री बनेका थिए । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, विमल ठकुरी, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, मदु कुमार श्रेष्ठ मन्त्री बनेका छन् । मन्त्री बनेका मध्ये मदु कुमार श्रेष्ठको जिम्मेवारी तोकिएको छैन भने अन्य सबैलाई जिम्मेवारी दिइएको छ । कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय, हरि प्रभा खड्गीले सामाजिक विकास मन्त्रालय, सुरज चन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्याम खड्काले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालय, विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मदुकुमार श्रेष्ठको जिम्मेवारी पछि तोकिनेछ । १३ जिल्ला रहेको प्रदेशमा १३ मन्त्रालय रहेको छ । उक्त मन्त्रालयमा ७ जिल्लाका सांसदले मन्त्री हुने अवसर पाएका छन् । प्रदेश राजधानी रहेको मकवानपुर सहित रसुवा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोकले मन्त्री पाएनन् । नुवाकोटका मुख्यमन्त्री लामाको क्याबिनेटमा नियुक्त भएका अधिकांश मन्त्रीहरू काठमाडौँ उपत्यकाका रहेका छन् भने दलित समुदायबाट कसैले अवसर पाएनन् । उपत्यकाका ३ जिल्लाका मात्र ९ मन्त्री मुख्यमन्त्री लामाको क्याबिनेटमा मन्त्री बन्ने अवसर पाएका छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौँले मात्र ६ मन्त्री पाएको छ । उपत्यकाको ललितपुरले २ र भक्तपुरले १ मन्त्री पाएको छ । काठमाडौँबाट एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के मन्त्री बने भने कांग्रेसबाट श्याम खड्का, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, विमल ठकुरी मन्त्री बने । कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले, धादिङका मदु कुमार श्रेष्ठ मन्त्री बने भने एमालेबाट सिन्धुलीकी सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवाल मन्त्री बने । मुख्यमन्त्री लामाले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि तत्काल मन्त्रालय नफुटाउने बताए । मुख्यमन्त्री कार्यालयमा नै जिम्मेवारी दिने गरी तयारी भएको उनले बताए । ‘विना विभागीय जिम्मेवारीमा रहेका मन्त्रीको विषयमा छिट्टै निर्णय लिनेछौँ । तत्काल मन्त्रालय फुटाउने योजना छैन । मुख्यमन्त्री कार्यालयमा नै कुनै जिम्मेवारीमा रहनु हुनेछ । पछि गठबन्धन दलसँग छलफल गरेर विभागीय जिम्मेवारीका लागि मन्त्रालय विभाजनको हुन सक्छ,’ उनले भने । गठबन्धन दलमा केही विषयहरू मिलाउनु पर्ने भएकाले मन्त्रालय विभाजन गर्ने सहमति नबनेको उनले बताए । आकाङ्क्षी बढी हुँदा मन्त्रालयको सङ्ख्या भन्दा बढी मन्त्री नियुक्त गर्नुपर्ने बाध्यता आएको उनको भनाई छ ।

Like