प्रदोष व्रत र भगवान शिवको १३ रहस्य

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १९,

डा. के. बि. सम्राट

जटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजंगतुंग मालिकाम्‌।
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम्‌ ॥१॥
जटाकटा हसंभ्रम भ्रमन्निलिंपनिर्झरी विलोलवीचिवल्लरी विराजमानमूर्धनि।
धगद्धगद्धगज्ज्वल ल्ललाटपट्टपावके किशोरचंद्रशेखरे रतिः प्रतिक्षणं मम: ॥२॥
धराधरेंद्रनंदिनी विलासबन्धुबन्धुर स्फुरद्दिगंतसंतति प्रमोद मानमानसे।
कृपाकटाक्षधारणी निरुद्धदुर्धरापदि क्वचिद्विगम्बरे मनोविनोदमेतु वस्तुनि ॥३॥
जटाभुजंगपिंगल स्फुरत्फणामणिप्रभा कदंबकुंकुमद्रव प्रलिप्तदिग्व धूमुखे।
मदांधसिंधु रस्फुरत्वगुत्तरीयमेदुरे मनोविनोदद्भुतं बिंभर्तुभूत भर्तरि ॥४॥
सहस्रलोचन प्रभृत्यशेषलेखशेखर प्रसूनधूलिधोरणी विधूसरां घ्रिपीठभूः।
भुजंगराजमालया निबद्धजाटजूटकः श्रियैचिरायजायतां चकोरबंधुशेखरः ॥५॥
ललाटचत्वरज्वल द्धनंजयस्फुलिंगभा निपीतपंच सायकंनम न्निलिंपनायकम्‌।
सुधामयूखलेखया विराजमानशेखरं महाकपालिसंपदे शिरोजटालमस्तुनः ॥६॥
करालभालपट्टिका धगद्धगद्धगज्ज्वल द्धनंजया धरीकृतप्रचंड पंचसायके।
धराधरेंद्रनंदिनी कुचाग्रचित्रपत्र कप्रकल्पनैकशिल्पिनी त्रिलोचनेरतिर्मम ॥७॥
नवीनमेघमंडली निरुद्धदुर्धरस्फुर त्कुहुनिशीथनीतमः प्रबद्धबद्धकन्धरः।
निलिम्पनिर्झरीधरस्तनोतु कृत्तिसिंधुरः कलानिधानबंधुरः श्रियं जगंद्धुरंधरः ॥८॥
प्रफुल्लनीलपंकज प्रपंचकालिमप्रभा विडंबि कंठकंध रारुचि प्रबंधकंधरम्‌।
स्मरच्छिदं पुरच्छिंद भवच्छिदं मखच्छिदं गजच्छिदांधकच्छिदं तमंतकच्छिदं भजे ॥९॥
अखर्वसर्वमंगला कलाकदम्बमंजरी रसप्रवाह माधुरी विजृंभणा मधुव्रतम्‌।
स्मरांतकं पुरातकं भावंतकं मखांतकं गजांतकांधकांतकं तमंतकांतकं भजे ॥१०॥
जयत्वदभ्रविभ्रम भ्रमद्भुजंगमस्फुरद्ध गद्धगद्विनिर्गमत्कराल भाल हव्यवाट्।
धिमिद्धिमिद्धि मिध्वनन्मृदंग तुंगमंगलध्वनिक्रमप्रवर्तित: प्रचण्ड ताण्डवः शिवः ॥११॥
दृषद्विचित्रतल्पयो र्भुजंगमौक्तिकमस्र जोर्गरिष्ठरत्नलोष्ठयोः सुहृद्विपक्षपक्षयोः।
तृणारविंदचक्षुषोः प्रजामहीमहेन्द्रयोः समं प्रवर्तयन्मनः कदा सदाशिवं भजे ॥१२॥
कदा निलिंपनिर्झरी निकुंजकोटरे वसन्‌ विमुक्तदुर्मतिः सदा शिरःस्थमंजलिं वहन्‌।
विमुक्तलोललोचनो ललामभाललग्नकः शिवेति मंत्रमुच्चरन्‌ कदा सुखी भवाम्यहम्‌ ॥१३॥
निलिम्प नाथनागरी कदम्ब मौलमल्लिका-निगुम्फनिर्भक्षरन्म धूष्णिकामनोहरः।
तनोतु नो मनोमुदं विनोदिनींमहनिशं परिश्रय परं पदं तदंगजत्विषां चयः ॥१४॥
प्रचण्ड वाडवानल प्रभाशुभप्रचारणी महाष्टसिद्धिकामिनी जनावहूत जल्पना।
विमुक्त वाम लोचनो विवाहकालिकध्वनिः शिवेति मन्त्रभूषगो जगज्जयाय जायताम्‌ ॥१५॥
इमं हि नित्यमेव मुक्तमुक्तमोत्तम स्तवं पठन्स्मरन्‌ ब्रुवन्नरो विशुद्धमेति संततम्‌।
हरे गुरौ सुभक्तिमाशु याति नान्यथागतिं विमोहनं हि देहिनांं सुशंकरस्य चिंतनम् ॥१६॥
पूजाऽवसानसमये दशवक्रत्रगीतं यः शम्भूपूजनपरम् पठति प्रदोषे।
तस्य स्थिरां रथगजेंद्रतुरंगयुक्तां लक्ष्मी सदैव सुमुखीं प्रददाति शम्भुः ॥१७॥

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष व्रत
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ। पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
भगवान शिवको १३ रहस्य

भगवान शिवको अनेक नाम छ । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उनको नाम उत्तिकै रहस्यमयी पनि । अतः यहाँ भगवान शिवको ३५ रहस्य उल्लेख गरिएको छ । साउन अर्थात भगवान शिवको महिना । यस महिनालाई पूजाआज, भक्तिभाव, श्रद्धाको महिना पनि भनिन्छ । साउनमा भगवान शिव पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने, मठमन्दिर जाने गरिन्छ । साउनको सोमबारलाई विशेष दिन मानिन्छ ।
१. शिवको अस्त्र-शस्त्र : शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशूल हो । यि सबैको उनले नै निर्माण गरेको मान्यता छ ।
२. आदिनाथ शिव : सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार-प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । आदिको अर्थ प्रारम्भ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो ।
३. शिवको नाग : शिवको गलामा नाग देखिन्छ । अर्थात नागको माला लगाएको देखिन्छ । उक्त नागको नाम वासुकि हो । वासुकिको ठूलो दाजुको नाम शेषनाग हो ।
४. शिवको पुत्र : शिवको प्रमूख ६ पुत्र थिए, गणेश, कार्तिकेय, सुकेश, जलन्धर, अयप्पा र भूमा । सबैको जन्मको कथा रोचक छ ।
५. शिवको अर्द्धाङ्गिनी : शिवको पहिलो पत्नी सतीले नै अर्को जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । उनलाई उमा, उर्मि, काली पनि भनियो ।
६. शिवको गण : शिवले गणमा भैरव, वीरभद्र, मणिभद्र, चन्दिस, नन्दी, शृंगी, भृगिरिटी, शैल, गोकर्ण, घन्टाकर्ण र विजय प्रमुख हुन् । यसका साथै पिशाच, दैत्य र नाग नागिन, पुश पनि शिवको गण मानिन्छ । शिवगण नन्दीले कामशास्त्रको रचना गरेको पाइन्छ । कामशास्त्रको आधारमै कामसूत्र लेखिएको थियो ।
७. शिव पञ्चायत : भगवान सूर्य, गणपति, देवी, रुद्र र विष्णु यी शिव पञ्चायत भनिन्छ ।
८. शिवको शिष्य : शिवका सात शिष्य थिए । जसलाई प्रारम्भिक सप्तऋषि मानियो । यी ऋषिले शिवको ज्ञान सम्पूर्ण धर्तीमा प्रचार गरेका थिए । त्यहीबाट भिन्न भिन्नै धर्म र संस्कृतिको विकास भएको मानिन्छ । शिवले नै गुरु र शिष्य परम्पराको सुरुवात गरेका थिए । शिवको शिष्य हो, बृहस्पति, विशालाक्ष, शुक्र, सहस्राक्ष, महेनद्र, प्राचेतस मनु, भरद्वाज । यसका साथै आठौं गैरशिरिस मुनी पनि थिए ।
९. शिव पार्षद : जसरी जय र विजय विष्णुको पार्षद हुन् । उसैगरी बाण, रावण, चन्ड, नन्दी, भृंगी आदि शिवको पार्षद हुन् ।
१०. शिवको द्वारपाल : नन्दी, स्कन्द, रिटी, वृषभ, भृंगी, गणेश, उमा महेश्वर र महाकाल ।
११. देवता र असुर दुबैको पि्रय शिव : भगवान शिवलाई देवता र असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन् । ऊ रामलाई पनि वरदान दिन्छ, रावणलाई पनि । उनले भस्मासु, शुक्राचार्य आदि केही असुरलाई बरदान दिएका थिए । शिव, सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको सर्वोच्व देवता हो ।
१२. सबै धर्मको केन्द्र शिव : शिवको वेशभूष यस्तो छ कि, प्रत्येक धर्मको मान्छेले त्यहाँ आफ्नो प्रतिक खोज्न सक्छन् । मुशरिक, यजीदी, साबिईन, सुबी, इब्राहीमी धर्ममा शिव हुनेको छाप स्पष्ट रुपमा देख्न सकिन्छ । शिवको शिष्यले एक यस्तो परम्पराको सुरुवात गरेका थिए, जो पछि गएर शैव, सिद्ध, नाथ, दिगंबर, सूफी सम्प्रदायमा विभक्त भयो ।
१३. शिव चिन्ह : वनवासीदेखि लिएर सबै साधरण व्यक्तिले जुन चिन्हको पूजा गरिन्छ, ति पत्थरको ढोल, बटिया शिवको चिन्ह मानिन्छ । यसका साथै रुद्राक्ष, त्रिसुललाई पनि शिवको चिन्ह मानिनछ । कसैले डमरु र अर्द्ध चन्द्रलाई शिवको चिन्ह मान्छन् । अहिले धेरैजसोले शिवलिंग अर्थात शिवको ज्योति पूजा गर्छन् ।
के हो शिव स्वरुपको अर्थ ?
शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ । आखिर शिव भगवानलाई यस्तो रुप दिनुको के अर्थ होला ? शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।

Like