आज चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आउँदै

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १०,

मुलुकमा जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनेछन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ। चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ।

Like