बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिका ४ रनले विजयी

Share to:

एजेन्सी/ज्येष्ठ २८,

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई पराजित गरेको छ। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो । जवाफमा बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो खेल ४ रनको झिनो अन्तरबाट हार्न पुग्यो । अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल जित्न ११४ रनको लक्ष पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो। यो जितसंगै दक्षिण अफ्रिकाले जारी खेलमा लगातार तीन खेल जितेको छ। बंगलादेशका लागि तन्जिम हसन साकिब ३ ,तस्किन अहमद २ तथारिशाद हुसेन १ विकेट लिए । दक्षिण अफ्रिकाको लागि सबैभन्दा वढि हेनरिक क्लासेनले ४६ रन बनाए । त्यसैगरी डेभिड मिलरले २९ तथा क्विन्टन डे ककले १८ रन बाहेका बाँकी कसैले दोहोरो अंकमा रन बनाउन सकेनन। बंगलादेशका लागि सबै भन्दा वढि तौहिद हृदयले ३८ रन बनाए । महमुदुल्लाहले १६ तथा कप्तान नजमुल हुसेन शान्तोले १४ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ तथा कागिसो रवडा र एनरीज नोर्जेले दुई दुई विकेट लिए ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *