प्रधानमन्त्रीले भने राजदूत फिर्ता बोलाउने निर्णयमा दुई दिन रोक्न सकिन्थ्यो, हाम्रो ध्यान गएन

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २८,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूत फिर्ता बोलाउने निर्णय दुई दिन रोक्न सकिने बताएका छन्। भारत भ्रमणअघि सरकारले भारत, अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले भने, ‘राजदूत फिर्ता संयोगमात्र हो। दुई दिन रोक्न सकिन्थ्यो। तर, हाम्रो ध्यान त्यता गएन।’ भारत भ्रमणमा जानुअघि राजदूत फिर्ता बोलाएपछि प्रधानमन्त्री दाहालको चर्को आलोचना भएको थियो। प्रधानमन्त्री दाहालले आफूहरू त्यसमा चुकेको स्पष्टीकरण दिएका छन्। भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भ्रमणका दौरान सक्रिय भूमिका खेलेको प्रधानमन्त्रीको भनाइ छ। ‘उहाँले सक्रिय भूमिका खेल्नुभयो। मैले धन्यवाद दिएर आएको छु,’ उनले भने।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *