!!! चारु !!!

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २६,

डा. ठाकुर मोहन श्रेष्ठ
पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
बुढानिलकण्ठ- काठमाडौं, नेपाल
tmshrestha1@gmail.com
सम्पर्क: ९८१५५३८१७७

माया पैँचो लिएर मन मास्न जानिन
झुट्टो नाता जोडेर तन गाँस्न जानिन।

हुँदा साथ मौरी जस्तै वरपर देख्दा
दु:ख पीडा दिएर तन हाँस्न जानिन।

हुदाँ रैछन् फूलले घोच्ने, जूनले पोल्ने
धैर्यताको बाँध त थामे खास्न जानिन।

युध्द र प्रेम गर्दा चल्छ भन्छन् सबै
जहर पोख्न सर्प बनी डाँस्न जानेन ।

दियो जस्तै जल्दै बसे दिल सजाउदै
खिल झिक्न ललिपपले तास्न जानिन।

Like