आज विश्वकप अघि नेपालले अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै
रासंसा/काठमाण्डौ, ज्येष्ठ १७,
आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। यसअघि नेपालले क्यानडासँग गत सोमवार खेलेको पहिलो औपचारिक अभ्यास खेलमा ६३ रनले पराजित भएको थियो। नेपालले आज आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकासँग अभ्यास खेल खेल्न लागेको हो। डल्लासस्थित स्टेडिययममा हुने यी दुई टोलीबीको खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ। आइतवारबाट सुरु हुने टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालसँगै समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेको छ।
Like